शुक्रबार, असोज ९, २०८३

२४.८३ अंकले घट्यो नेप्से

सोमबार एकै दिन उच्च अंकले बढेको नेप्सेमा मंगलबार भने गिरावट भएको छ।
 |  मंगलबार, साउन ३१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ३१, २०७९

काठमाडौं- सोमबार एकै दिन उच्च अंकले बढेको नेप्सेमा मंगलबार भने गिरावट भएको छ। मंगलबार नेप्से सूचक २४.८३ अंकले घटेर २०४१.०६ बिन्दुमा झरेको छ।  त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.७५ अंकले घटेको छ भने फ्लोट इण्डेक्स १.४३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१५ अंकले घटेको छ।

मंगलबार कारोबारमा आएका २२१ कम्पनीको ६४ लाख ६ हजार ७३८ कित्ता सेयर २ अर्ब ७३ करोड ४८ लाख ५३ हजार ५७ रुपैयाँ बराबरको कारोबार भएको छ। सोमबारको तुलनामा मंगलबार कारोबार रकम भने वृद्धि भएको छ। सोमबार २ अर्ब ४३ करोड २९ लाख ८४ हजार ६११ रुपैयाँ बराबरको कारोबार भएको थियो।

मंगलबार कारोबारमा आएका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएका छन्। जसमा हाइड्रोपावर उपसमूहको सूचक सबैभन्दा धेरै ३.१८ प्रतिशतले घटेको छ।  त्यस्तै, फाइनान्स र विकास बैंक उपसमूहको सूचक पनि २ प्रतिशतभन्दा धेरैले घटेको छ।

नेप्से परिसूचकमा गिरावट आए पनि मंगलबार अपर हेवाखोला हाइड्रोपावरको सेयरमूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेको छ। त्यस्तै, स्वाभिमान  लघुवित्तको ४.०२ प्रतिशत, हिमालयन बैंकको १.९० प्रतिशतले बढेको छ।

तर, यता युनिलिभरको सेयर मूल्य सबैभन्दा धेरै ५.६२ प्रतिशतले घटेको छ। दोर्दी खोला जलविद्युतको ५.५१ प्रतिशत र हिमालयन उर्जा हाइड्रोपावरको ५.३२ प्रतिशतले  घटेको छ। मंगलबार रिडि हाइड्रोपावरको सबैभन्दा धेरै ४० करोड, ८२ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

प्रकाशित: Aug 16, 2022| 17:11 मंगलबार, साउन ३१, २०७९
प्रतिक्रिया दिनुहोस्