आइतबार, साउन २४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रचण्डसँग भेटेपछि बाबुरामले भने- बृहत् अग्रगामी राजनीतिक शक्तिको ध्रुवीकरण गर्ने लक्ष्य छ

प्रचण्डसँग भेटेपछि बाबुरामले भने- बृहत् अग्रगामी राजनीतिक शक्तिको ध्रुवीकरण गर्ने लक्ष्य छ

'बृहत् अग्रगामी राजनीतिक शक्तिहरुको ध्रुवीकरण गर्ने लक्ष्य हो,' डा भट्टराईले भने, 'हामी पनि गठबन्धनको एक अंग हौं। गठबन्धनको जे मापदण्ड बन्छ। त्यहीअनुसार हुन्छ।'
 |  मंगलबार, साउन ३१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ३१, २०७९

काठमाडौं- नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले बृहत् अग्रगामी राजनीतिक शक्तिहरुको ध्रुवीकरणका लागि नेकपा माओवादी केन्द्रसँग सहकार्य गरेको बताएका छन्। माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा अध्यक्ष प्रचण्डसँग भेट गरेपछि डा भट्टराईले यस्तो बताएका हुन्। 

'बृहत् अग्रगामी राजनीतिक शक्तिहरुको ध्रुवीकरण गर्ने लक्ष्य हो,' डा भट्टराईले भने, 'हामी पनि गठबन्धनको एक अंग हौं। गठबन्धनको जे मापदण्ड बन्छ। त्यहीअनुसार हुन्छ।'

बाबुरामको नवगठित दलले माओवादी केन्द्रको चिह्नमा नै चुनाव लड्ने निर्णय लिइसकेको छ। पेरिसडाँडा छलफलमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ, नेसपा अध्यक्ष भट्टराई, अर्का अध्यक्ष महिन्द्रराय यादव सहभागी थिए।

डा भट्टराईले संविधान जारी भएपछि नै नेकपा माओवादी परित्याग गरी नयाँ शक्ति बनाएका थिए। 


प्रकाशित: Aug 16, 2022| 16:56 मंगलबार, साउन ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...