सोमबार, जेठ २५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • गगन थापाले जनप्रतिनिधिसँग भने- तपाईंहरूका कारण हाम्रो व्यक्तित्व नै फेरियो

गगन थापाले जनप्रतिनिधिसँग भने- तपाईंहरूका कारण हाम्रो व्यक्तित्व नै फेरियो

देशभरका स्थानीय तहमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुलाई बधाइ, शुभकामना र अभिमुखीकरण कार्यक्रममा मंगलबार सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन्।
 |  मंगलबार, साउन ३१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ३१, २०७९

काठमाडौं-  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले २०७४ को मत परिणामका आधारमा कांग्रेसलाई मूल्यांकन गर्दा गलत हुने बताएका छन्। देशभरका स्थानीय तहमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुलाई बधाइ, शुभकामना र अभिमुखीकरण कार्यक्रममा मंगलबार सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन्। 

National life

गठबन्धनमा सिट बाँडफाँड गर्दा ०७४ को निर्वाचनानुसार सिट भागबन्डाको प्रयास भइरहेको भन्दै त्यसअनुसार गठबन्धनमा सिट बाँडफाँड र सहमति जनाउन नसकिने उनको भनाइ छ। सत्ता गठबन्धनमा कांग्रेसको आधार भनेको २०७९ को निर्वाचन परिणाम भएको उनको भनाइ छ। २०७९ को निर्वाचनको परिणामकै आधारमा कांग्रेसले गठबन्धनभित्र सम्मानजनक सिट पाउने उनको भनाइ थियो। 

'केही अरू दलका साथीहरू हामीलाई २०७४ तिर फर्काउन चाहनुहुन्छ। हामी उहाँहरूलाई २०७९ सम्झाउन चाहन्छौँ,' प्रशिक्षणका क्रममा उनले जनप्रतिनिधिहरूसँग भनेका थिए, '२०७९ को स्थानीय निर्वाचन सम्झिँदै गर्दा खुसी लाग्छ, हाम्रो फुर्ति बढ्छ। आज हाम्रो व्यक्तित्व अग्लिएको कुनै आधार, कारणले हो भने त्यो तपाईंहरूका कारणले हो। स्थानीय तहमा जितेको कारणले हो। त्यसकै आधारमा २०७९ को मंसिर ४ को निर्वाचनमा जाने तयारी गरिरहेका छौँ।'

उनले ०७४ को निर्वाचनमा निर्वाचित जनप्रतिनिधिले स्थानीय तहमा मेहनत गरेर काम गरेकै कारण अहिले कांग्रेस फेरि त्यस्ता स्थानीय तहमा दोहोरिएर जित्न सफल भएको बताएका थिए। 

प्रकाशित: Aug 16, 2022| 15:42 मंगलबार, साउन ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...