सोमबार, जेठ २५, २०८३

देउवाले थपे केन्द्रीय समितिमा १० महिला सदस्य

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिमा १० जना सदस्य थपेका छन्।
 |  मंगलबार, साउन ३१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ३१, २०७९

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिमा १० जना सदस्य थपेका छन्। पार्टी विधान २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा १० बमोजिम देउवाले १० जना महिला केन्द्रीय सदस्य थपेका हुन्। 

National life

थपिएका केन्द्रीय सदस्यमा किरण यादव (महोत्तरी),  राधा घले (काठमाडौं), धना खतिवडा (ललितपुर), उर्मिला थपलिया (धादिङ), रुक्मिणी कोइराला (मोरङ) छन्। 

यस्तै कल्याणी रिजाल (काठमाडौं), गोमा भट्टराई (झापा), गंगा शाही (रुपन्देही), लक्ष्मी खतिवडा (सुनसरी) र सीता देवकोटा (नवलपुर) पनि कांग्रेस केन्द्रीय सदस्यमा मनोनित भएका छन्।

यससँगै कांग्रेसको केन्द्रीय कार्यसमिति १५८ सदस्यीय बनेको छ। सभापति देउवाले विधानबमोजिम केन्द्रीय समितिमा ३३ जना सदस्य मनोनयन गर्न पाउँछन्। त्यसमध्ये २३ केन्द्रीय सदस्य मनोनयन गरिसकेका छन्।

प्रकाशित: Aug 16, 2022| 15:21 मंगलबार, साउन ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...