सोमबार, जेठ २५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक हुबहु शीतलनिवास पठाउने गठबन्धनको निर्णय

राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक हुबहु शीतलनिवास पठाउने गठबन्धनको निर्णय

दोस्रो पटक शीतलनिवास पठाइएको विधेयक राष्ट्रपतिले संसद्मा फिर्ता गर्न नपाइने कानुनी व्यवस्था छ।
 |  मंगलबार, साउन ३१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ३१, २०७९

काठमाडौं– सत्तारुढ गठबन्धनको बालुवाटार बैठकले यसअघि प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई पठाइएको नागरिकता विधेयक फेरबदलबिनै शीतलनिवास पठाउने निर्णय गरेको छ।

National life

राष्ट्रपति भण्डारीले २९ साउनमा फिर्ता गरेको नागरिकता विधेयक मंगलबारको संसद् बैठकमा पेस भइसकेको छ। संसदमा छलफलका लागि पेस भएको उक्त विधेयकलाई बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले हुबहु राष्ट्रपतिकहाँ पठाउने निर्णय गरेको हो। 

‘बैठकले नागरिकता विधेयक जस्ताको तस्तै राष्ट्रपतिकहाँ पठाउने निर्णय गरेको छ’, बैठकमा सहभागी एक नेताले भने, ‘शान्ति प्रक्रियासम्बन्धी दुई विधेयक भने परिमार्जन गरेर मात्रै अघि बढाउने निर्णय भएको छ।’ 

दोस्रो पटक शीतलनिवास पठाइएको विधेयक राष्ट्रपतिले संसद्मा फिर्ता गर्न नपाइने कानुनी व्यवस्था छ। संविधानमा राष्ट्रपतिले एक पटक मात्रै विधेयक संसद्मा फिर्ता पठाउन सक्ने व्यवस्था छ।

प्रकाशित: Aug 16, 2022| 13:46 मंगलबार, साउन ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...