सोमबार, जेठ २५, २०८३

पिपुल्स पावरले खुलायो आईपीओ

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्कासन गरेपछि सर्वसाधारणलाई सार्वजनिक निष्कासन खुला गरेको हो।
 |  मंगलबार, साउन ३१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ३१, २०७९

काठमाडौं– पिपुल्स पावरले मंगलबारदेखि धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुलाएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्कासन गरेपछि सर्वसाधारणलाई सार्वजनिक निष्कासन खुला गरेको हो।

National life

कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका २४ करोड ६७ लाख ४० हजार रुपैयाँ बराबरको २४ लाख ६७ हजार ४०० कित्ता साधारण सेयर निष्कासन बिक्री खुला गरेको छ। ४९ हजार ३४८ कित्ता सेयर कर्मचारीका लागि र १ लाख २३ हजार ३७० कित्ता सेयर सामूहिक लगानी कोषमा सुरक्षित गरेको छ। बाँकी २२ लाख ९४ हजार ६८२ कित्ता सेयरका लागि सर्वसाधाणले आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्। आईपीओमा छिटोमा ५ भदौसम्म र उक्त अवधिमा मागअनुसारको आवेदन नपरे आवेदन दिने अवधि १४ भदौसम्म थप हुनेछ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ। कम्पनीले इलामको इलाम नगरपालिकामा ४.९६ मेगावाटको पुवाखोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ

प्रकाशित: Aug 16, 2022| 12:10 मंगलबार, साउन ३१, २०७९
प्रतिक्रिया दिनुहोस्