काठमाडौं- मंगलबार नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलामा सात सय रुपैयाँले र चाँदी १५ रुपैयाँले घटेको हो।
घटेको मूल्य अनुसार मंगलबार छापावाला सुन प्रतितोला ७६ हजार ७ सय रुपैयाँ र चाँदी एक हजार २२० रुपैयाँमा कारोबार भइरहेको छ।
यस्तै, तेजाबी सुनको मूल्य समेत तोलामा सात सय रुपैयाँले नै घट्दै ९६ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।