आइतबार, साउन २४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • आज दल दर्ताको अन्तिम दिन : ६२ दल दर्ता हुँदा कांग्रेसले दर्ता गर्नै बाँकी

आज दल दर्ताको अन्तिम दिन : ६२ दल दर्ता हुँदा कांग्रेसले दर्ता गर्नै बाँकी

आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावको लागि निर्वाचन आयोगले आह्वान गरेको दल दर्ताको समय आज सकिँदैछ।
 |  मंगलबार, साउन ३१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ३१, २०७९

काठमाडौं- आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावको लागि निर्वाचन आयोगले आह्वान गरेको दल दर्ताको समय आज सकिँदैछ।

सरकारले चुनावको मिति घोषणा गरेलगत्तै आयोगले गएको साउन २२ गतेदेखि दल दर्ता आह्वान गरेको थियो। यही साउन १९ गतेसम्म आयोगमा दर्ता कायम रहेका राजनीतिक दलले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा भाग लिन आयोगले दल दर्ताका लागि आह्वान गरेको समय आज सकिँदै छ।

आयोगमा साउन १९ गतेसम्म १ सय १६ दल दर्ता भएका छन्। तीमध्ये चुनावमा भाग लिन हिजोसम्म आयोगमा ६२ दल दर्ता भएका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए। प्रमुख दलमध्ये नेपाली कांग्रेसले अहिलेसम्म दर्ता गरेको छैन।

दल दर्ताका लागि आयोगमा राजनीतिक पार्टीको लेखा परीक्षण प्रतिवेदन, निर्वाचन आयोगमा यसअघि भएको दर्ता नम्बर, पार्टीको महाधिवेशनको माइन्युटलगायतका कागजात पेस गर्नुपर्छ। नेपालको संविधानको धारा २७१ बमोजिम प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्नुपर्ने प्रावधान रहेको छ।

दल दर्तासँगै आयोगले चुनावका लागि आवश्यक व्यवस्थापकीय, कानुनी र प्राविधिक तयारीलाई अघि बढाएको पनि आयोगका सहप्रवक्ता अर्यालले जानकारी दिए।

प्रकाशित: Aug 16, 2022| 08:38 मंगलबार, साउन ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...