आइतबार, साउन २४, २०८३

आजको संसद बैठकमा नागरिकता विधेयक फिर्ताको पत्र पेश हुने

प्रतिनिधि सभा बैठक आज बस्दै छ। संघीय संसद सचिवालयका अनुसार मंगलबार बिहान ११ बजेका लागि बैठक बोलाइएको छ।
 |  मंगलबार, साउन ३१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ३१, २०७९

काठमाडौं- प्रतिनिधि सभा बैठक आज बस्दै छ। संघीय संसद सचिवालयका अनुसार मंगलबार बिहान ११ बजेका लागि बैठक बोलाइएको छ। 

मंगलबार बैठकमा प्रतिनिधिसभा सचिवले राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयक सन्देशसहित फिर्ता भएको सम्बन्धी जानकारी गराउने कार्यसूची रहेको छ।

राष्ट्रपति भण्डारीले नागरिकता विधेयकसहित फिर्ता पठाएको सन्देशबारे संसद सचिवालयका सचिव गोपालनाथ योगीले प्रतिनिधिसभालाई जानकारी गराएसँगै यसमाथि छलफल अघि बढ्ने कार्यसूची रहेको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार पुनर्विचार गर्न ९ पृष्ठको सन्देशसहित विधेयक फिर्ता पठाएकी थिइन्।



प्रकाशित: Aug 16, 2022| 08:00 मंगलबार, साउन ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...