सोमबार, जेठ २५, २०८३

भदौमा पूर्वाधार सम्मेलन आयोजना गर्दै उद्योग परिसंघ

नेपाल उद्योग परिसंघले यही भदौ २३ र २४ गते पूर्वाधार सम्मेलनको चौथो संस्करण आयोजना गर्ने भएको छ।
 |  सोमबार, साउन ३०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन ३०, २०७९

काठमाडौं-  नेपाल उद्योग परिसंघले यही भदौ २३ र २४ गते पूर्वाधार सम्मेलनको चौथो संस्करण आयोजना गर्ने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघको संयुक्त आयोजनामा सम्मेलनको तयारी भएको परिसंघले जनाएको छ। 

National life

सम्मेलनको सहआयोजकमा लगानी बोर्डको कार्यालय र नेपाली युवा निर्माण व्यवसायी रहने भएका छन्। यातायात, उर्जा, शहरी विकास, खानेपानी तथा सरसफाईलगायत पूर्वाधार विकासका प्रमुख बाधाहरू पहिचान गर्दै विगत तीन वटा पूर्वाधार सम्मेलनको समीक्षा गर्ने, पूर्वाधार विकासका लागि सरकारले गरेका प्रतिज्ञा एवं सुधारहरूलाई उत्प्रेरित गर्ने, पूर्वाधार क्षेत्रमा निजी लगानी आकर्षित गर्ने, दिगो विकास लक्ष्यहरू हासिल गर्न मद्दत गर्ने, हरित, जलवायु, उत्थानशील पूर्वाधार परियोजनाहरूलाई प्राथमिकता दिने यस सम्मेलनको उद्देश्य भएको परिसंघको भनाइ छ। 

सन् २०१९ मा भएको पूर्वाधार सम्मेलनपछि कोभिड–१९ का कारण सन् २०१९/२० मा नेपालको आर्थिक वृद्धि २.३७ प्रतिशतले संकुचित भएको थियो। आर्थिक गतिविधिहरू विश्वव्यापी रूपमा ठप्प हुँदा विश्वले आपूर्तिमा गम्भिर अवरोधको सामना गर्यो।

सरकारले आर्थिक वर्ष २०२२/२३ मा ८ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ। कोभिड–१९ पछिको प्रोत्साहन एवं उच्च अंकको आर्थिक बृद्धि हासिलका लागि पूर्वाधारमा लगानी आवश्यक रहेको परिसंघले भनेको छ।  आर्थिक पुनरुत्थान, हरित पूर्वाधारमा ध्यान केन्द्रित गर्दै पूर्वाधारमा लगानी गर्नु नै उत्तम शर्त हो भन्ने धारणालाई सुदृढ पार्न खोजिएको बताइएको छ। 

विश्वव्यापी रुपमा भइरहेको पूँजी अभाव र बढ्दो ब्याजदरले पूर्वाधार क्षेत्रमा लगानीका लागि स्रोत परिचालनमा थप चुनौती बनेको बेलामा  स्थानीय र अन्तर्राष्ट्रिय लगानीकर्ताहरूलाई विश्वासमा लिएर नवप्रवर्तनकारी वित्तीय उपकरण र ढाँचामा केन्द्रिकृत गरेर संवादको माध्यमबाट यो कमीलाई कम गर्न खोज्नका लागि पूर्वाधार सम्मेलन आयोजना गर्न लागिएको हो।

Shivam cement

सम्मेलनले नवीन वित्तीय ढाँचा, प्रत्यक्ष वैदेशिक लगानी, निजी क्षेत्रको थप संलग्नता, प्रविधि र डिजिटल रूपान्तरण लगायतका विषयमा नीतिगत सुधारको अवधारणालाई पुनर्जीवित गर्ने विश्वास परिसंघले लिएको छ। पूर्वाधारका लागि लगानी प्रवर्धन, पूर्वाधार क्षेत्रको विकासका अवरोधलगायतका विषयमा राष्ट्रिय, अन्तर्राष्ट्रिय पूर्वाधार विज्ञ, लगानीकर्ता, तीनै तहका सरकार, निजी क्षेत्रका प्रतिनिधिबीच गहन रुपमा छलफल हुने बताइएको छ।

सम्मेलनको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नेछ्न्। सम्मेलनको विशिष्ट अतिथिहरुमा भारतको सडक, यातायात तथा राजमार्ग मन्त्रालयका राज्यमन्त्री विजयकुमार सिंह, अर्थमन्त्री जनार्दन शर्मा, संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राई, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ, उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दिलेन्द्रप्रसाद बडू रहने छन्। 

यसैगरी सम्मेलनमा पूर्व प्रधानमन्त्री, सातै प्रदेशका मुख्यमन्त्री, महानगरपालिकाका मेयर, पूर्वाधार क्षेत्रका राष्ट्रिय, अन्तर्राष्ट्रिय विज्ञ, एशियाली विकास बैंकका उपाध्यक्ष, प्राध्यापकहरुको प्रस्तुती रहने छ । सगरमाथा सिमेन्टको मुख्य प्रायोजनमा हुने यस सम्मेलनमा २५ देशबाट ६ सय भन्दा बढीको सहभागिता हुने अपेक्षा गरिएको छ। 

नेपाल उद्योग परिसंघले पहिलो नेपाल पूर्वाधार सम्मेलन 'पूर्वाधारमा द्रुतगति लगानी' नाराका साथ सन् २०१४ मा आयोजना गरेको थियो । सन् २०१७ मा आयोजित दोस्रो सम्मेलनको विषय 'निजी क्षेत्र अपरिहार्य साझेदार' र सन् २०१९ को तेस्रो नेपाल पूर्वाधार सम्मेलन 'दिगो विकासका लागि लचिलो पूर्वाधार' मा केन्द्रित थियो ।

प्रकाशित: Aug 15, 2022| 17:51 सोमबार, साउन ३०, २०७९
प्रतिक्रिया दिनुहोस्