आइतबार, साउन २४, २०८३

कांग्रेस केन्द्रीय समितिमा थपिँदै आठ महिला

संविधानअनुसार अहिले कांग्रेसको केन्द्रीय समितिमा महिलाको संख्या ३३ प्रतिशत नपुगेका कारण ३३ प्रतिशत पु¥याउन आठ जनालाई केन्द्रीय समितिमा मनोनयन गर्न लागिएको हो।
 |  सोमबार, साउन ३०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन ३०, २०७९

काठमाडौं– प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आठ महिलालाई पार्टीको केन्द्रीय सदस्यमा मनोनीत गर्ने भएका छन्। सभापति देउवाले निर्वाचन आयोगमा दल दर्ताअगावै आठ जना महिलालाई केन्द्रीय सदस्यमा नियुक्त गर्न लागेको प्रवक्ता डा. प्रकाशशरण महतले बताए।

आयोगमा आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि दल दर्ता गर्न मंगलबारसम्म समय छ। आठ महिलालाई केन्द्रीय सदस्यमा मनोनीत गरेपछि तत्काल मौजुदा केन्द्रीय समितिमा महिलाको संख्या ३३ प्रतिशत पुग्नेछ। प्रवक्ता डा. महतले आयोगमा दल दर्ता गर्दा ३३ प्रतिशत महिलाको संख्या पु¥याउने सहमति भएको बताए।

उनले भने, ‘संविधानको व्यवस्थाअनुसार अहिले कांग्रेसको केन्द्रीय समितिमा महिलाको संख्या ३३ प्रतिशत नपुगेका कारण ३३ प्रतिशत पुर्‍याउन आठ जनालाई केन्द्रीय समितिमा मनोनयन गर्न लागिएको हो।’ आठ महिलालाई केन्द्रीय समितिमा मनोनयन गरेपछि अब ५ जना महिला र ७ जना पुरुषलाई केन्द्रीय समितिमा मनोनीत गर्न बाँकी हुनेछ।

कांग्रेसको विधानमा समावेशी सिद्धान्तको आधारमा निर्वाचित केन्द्रीय समितिको २० प्रतिशत मनोनीत गर्ने व्यवस्था छ। सभापति देउवाले आठ महिलालाई केन्द्रीय समितिमा मनोनीत गर्न लागेको जानकारी डा. शेखर कोइरालालाई आइतवार दिएका थिए। सभापति देउवाले कोइरालासँग २ जनाको नाम मागेको शेखर निकट एक केन्द्रीय सदस्यले बताए।

सभापति देउवाले १७ पुसमा १० जना केन्द्रीय समिति सदस्यमा मनोनयन गरेका थिए। त्यो बेलामा देउवाले रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्ध निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, डा. नारायण खड्का, उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मालाई मनोनयन गरेका थिए। देउवाले त्यसको भोलिपल्ट अर्थात् १८ पुसमा जीवनबहादुर शाही, प्रदीप पौडेल र कल्याणकुमार गुरुङलाई पनि केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए।

प्रकाशित: Aug 15, 2022| 17:19 सोमबार, साउन ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...