काठमाडौं- स्मार्टफोन ब्राण्ड रियलमीले डान्सिङ रियालिटी शो ‘सुपर डान्सर नेपाल’को टाईटल स्पोन्सर गर्ने भएको छ। यो भारतको सबैभन्दा लोकप्रिय र ठूलो रियालिटी शो ‘इन्डियाज सुपर डान्सर’ मा आधारित फ्रेन्चाइज रियालिटी शो हो।
हस्ताक्षर समारोहमा रियलमी नेपालका कन्ट्री हेड मुनिष गिरील भने, 'प्रतिष्ठित ग्लोबल डान्स फ्रेन्चाइजको एक हिस्सा ‘सुपर डान्सर नेपाल’ सँग साझेदारी गर्न पाउदा हामी उत्साहित भएका छौँ। बालबालिका भविष्यका प्रतिनिधि हुन्। नेपालका प्रतिभाशाली बालबालिकाहरूका लागि यस्तो उत्कृष्ट प्लाटफर्मको हिस्सा बन्न पाउँदा धेरै खुशी लागेको छ। हामी सुपर डान्सर नेपालका सबै प्रतियोगीलाई धेरै शुभकामना दिन चाहन्छौँ।'
सुपर डान्सर नेपालका निर्देशक भुषण दाहालले भने , 'रियलमीसँग साझेदारी गर्न पाउँदा हामी अत्यन्तै खुशी छौं। युवा र बालबालिकाहरु केन्द्रित ब्राण्ड रियलमीसँगको साझेदारीले पक्कै पनि हाम्रो शोमा उत्साह र स्फूर्ति थपिएको छ।'
देशव्यापी रुपमा चल्ने ‘सुपर डान्सर नेपाल’ कान्तिपुर टेलिभिजनबाट यही साउन २६ गतेदेखि हरेक बिहीबार र शुक्रबार राती ९ बजे प्रसारण भइरहेको छ। सुपर डान्सर नेपालका लागि सुपर जजको रुपमा भुवन केसी, जसिता गुरुङ र सुरेन राई रहेका छन् भने कार्यक्रमलाई कविता नेपाली र विल्सन विक्रम राईले सञ्चालन गर्नेछन्।