काठमाडौं- अनलाइन बजार दराजले साेमबार (साउन ३०) देखि दराज मल फेस्ट सुरु भएको घोषणा गरेको छ। दराज मलमार्फत ग्राहकलाई उत्कृष्ट सपिङ अनुभव प्रदान गर्ने लक्ष्य लिइएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार ‘एड टु कार्ट एण्ड विन’, ७ हजार रुपैयाँसम्मको भौचर, ब्रान्ड अफ द डे, फ्ल्यास सेल, सेक सेक र वाल अफ फेम यो फेस्टका मुख्य विशेषता हुन्।
अनलाइन सपिङ मलमा सोनी, सामसङ, गोल्डस्टार, रिम्याक्स, वाइल्ड हर्न साथै ५०० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरु आवद्ध छन्। सस्तो मूल्यमा मनपर्ने प्रिमियम ब्रान्डका उत्पादन खरिद गर्नको लागि यो सुनौलो अवसर रहेको कम्पनीको भनाइ छ । ग्राहकले दराज मल फेस्टमा ‘बैंक डेज’ छुटमार्फत डेबिट र क्रेडिट कार्डबाट प्रि पेमेन्ट गर्दा थप १५ प्रतिशत वा अधिकतम ७५० रुपैयाँसम्म छुट पाउन सक्ने छन्।
बैंक डेज अफरअन्तर्गत मंगलबार ग्लोबल आईएमई बैंकबाट क्रेडिट कार्ड भुक्तानीमा १५ प्रतिशत वा अधिकतम ७५० रुपैयाँसम्मको छुट हुनेछ भने डेबिट कार्डमार्फतको भुक्तानीमा १० प्रतिशत वा अधिकतम ५ सय रुपैयाँसम्म छुट हुनेछ। बिहीबार मेगा बैंकबाट क्रेडिट कार्ड भुक्तानीमा १५ प्रतिशत छुट र डेबिट कार्ड भुक्तानीमा १० प्रतिशत वा अधिकतम ५ सय रुपैयाँसम्म छुट हुनेछ। शुक्रबार नबिल बैंकबाट डेबिट वा क्रेडिट कार्डमार्फत भुक्तानीमा १० प्रतिशत छुट वा अधिकतम ५ सयसम्म छुट हुनेछ । शनिबार स्टान्डर्ड चार्टर्ड बैंकबाट डेबिट वा क्रेडिट कार्डमार्फत भुक्तानीमा १० प्रतिशत छुट वा अधिकतम ५ सय रुपैयाँसम्म छुट हुनेछ।
पहिलो पटक भिसा कार्ड भएका दराज प्रयोगकर्ताहरूले भिसा डेबिट वा क्रेडिट कार्डमा १० प्रतिशत वा अधिकतम ५ सयसम्मको अतिरिक्त प्रि–पेमेन्ट छुट प्राप्त गर्न सक्छन्। त्यसैगरी दराजमा किनमेल गर्ने र इसेवा वालेटमार्फत भुक्तानी गर्ने ग्राहकले १० प्रतिशत वा अधिकतम ३५० रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन्। यी बाहेक ब्रान्ड अफ द डे जस्ता अफरहरूमा ग्राहकलाई मनपर्ने ब्रान्डहरूमा थप छुटहरू प्राप्त गर्ने अवसर प्रदान गर्दछ । अभियानको अवधिभर प्रत्येक दिन एउटा चयन गरिएको दराज मल ब्रान्डले आफ्ना उत्पादनहरूमा विशेष छुट दिनेछ।