सोमबार, जेठ २५, २०८३

सनराइज बैंकले सुनवलमा निर्माण गर्‍यो चौतारी

सनराइज बैंकले नवलपरासीको सुनवल–३ स्थित कीर्तिपुरमा चौतारी निर्माण गरेको छ । २६ साउनमा आयोजित एक कार्यक्रमका बीच नवनिर्मित चौतारीको उद्घाटन गरिएको छ ।
 |  सोमबार, साउन ३०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन ३०, २०७९
National life
Shivam cement

काठमाडौं- सनराइज बैंकले नवलपरासीको सुनवल–३ स्थित कीर्तिपुरमा चौतारी निर्माण गरेको छ । २६ साउनमा आयोजित एक कार्यक्रमका बीच नवनिर्मित चौतारीको उद्घाटन गरिएको छ ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सुनवल नगरपालिकाकी प्रमुख विमला अर्यालले स्थानीयहरु विश्राम गर्ने, छलफल, भेला तथा कार्यक्रमहरु गर्ने थलोको रुपमा चौतारा प्रयोग हुने बताइन् । बैंकका नायब महाप्रबन्धक अपछकुमार यादवले संस्थागत उत्तरदायित्व अन्तर्गत देशका विभिन्न ठाउँहरुमा बैंकले भौतिक संरचना निर्माण गरी समाजलाई सहयोग गरिरहेको बताए ।

बैंकले हरेक वर्ष नाफाको १ प्रतिशत संस्थागत सामाजिक उत्तर दायित्वमा खर्च गर्दै आएको उनको भनाइ छ ।

प्रकाशित: Aug 15, 2022| 16:38 सोमबार, साउन ३०, २०७९
प्रतिक्रिया दिनुहोस्