शुक्रबार, असोज ९, २०८३

सेयर बजारमा सोमबार हरियाली

पछिल्लो समय निरन्तर रुपमा गिरावट हुँदै आएको नेप्से परिसूचक सोमबार भने उच्च अंकले वृद्धि भएको छ।
 |  सोमबार, साउन ३०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन ३०, २०७९

काठमाडौं- पछिल्लो समय निरन्तर रुपमा गिरावट हुँदै आएको नेप्से परिसूचक सोमबार भने उच्च अंकले वृद्धि भएको छ। सोमबार नेप्से सूचक ५५.८८ अंकले बढेर २०६५.८९ बिन्दुमा पुगेको हो।

त्यस्तै, सेन्सेटिभ इण्डेक्स ११.२३ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ३.४६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.४८ अंकले बढेको छ। कारोबारमा आएका २१५ कम्पनीको ६० लाख २६ हजार १९२ कित्ता सेयर २ अर्ब ४३ करोड २९ लाख ८४ हजार ६११ रुपैयाँ बराबरको कारोबार भएको छ।

आइतबारको तुलनाका नेप्से र कारोबार रकम दुवै बढेको छ। आइतबर १ अर्ब ८७ करोड ३२ लाख ८१ हजार ८९७ रुपैयाँ बराबरको कारोबार भएको थियो। नेप्सेको १३ वटै उपसमूहको सूचकहरुमा हरियाली छाएको छ। जसमा फाइनान्स, विकास बैंक र हाइड्रोपावर कम्पनीमा लगानीकर्ताको आकर्षण देखिएको छ।

फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै ७.३८ प्रतिशतले बढेको छ। विकास बैंक उपसमूहको ५.३२ प्रतिशत र हाइड्रोपावर उपसमूहको सूचक ४.४३ प्रतिशतले बढेको छ। नेप्से बढेसँगै इन्भेष्टमेण्ट फाइनान्स, मल्टिपर्पस फाइनान्स र राधी विद्युतको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

त्यस्तै, रिभर फल्स पावरको ९.९९ प्रतिशत र पञ्चकन्या हाइड्रोपावरको ९.९६ प्रतिशतले बढेको छ। यता रिडि हाइड्रोपावरको मूल्य ९.९९ प्रतिशतले घटेको छ भने गुराँस लघुवित्तको २.७० प्रतिशतले घटेको छ। सोमबार शिवम् सिमेन्टको २१ करोड  २ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

प्रकाशित: Aug 15, 2022| 16:33 सोमबार, साउन ३०, २०७९
प्रतिक्रिया दिनुहोस्