सोमबार, जेठ २५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • खोकनामा नबिल बैंकको डिजिटल बैंकिङ तथा वित्तीय पहुँच अभिमुखीकरण कार्यक्रम

खोकनामा नबिल बैंकको डिजिटल बैंकिङ तथा वित्तीय पहुँच अभिमुखीकरण कार्यक्रम

नबिल बैंकले ललितपुरको खोकनामा डिजिटल बैंकिङ तथा वित्तीय पहुँच अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।
 |  सोमबार, साउन ३०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन ३०, २०७९

काठमाडौं– नबिल बैंकले ललितपुरको खोकनामा डिजिटल बैंकिङ तथा वित्तीय पहुँच अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रम स्थानीय क्षेत्रको कृषि प्रवर्धन, युवा तथा महिला उद्यमशिलता, डिजिटल बैंकिङ तथा वित्तिय साक्षरता प्रवर्द्धनमा केन्द्रीत रहेको बैंकले बताएको छ।

National life

बैंकले नबिल दिगो बैंकिङको विभिन्न आयामहरू, डिजिटल बैंकिङ, क्यूआर कोड र अन्य सेवा सुविधाहरूको बारेमा विशेष प्रस्तुती दिएको थियो। कार्यक्रममा बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले युवा र महिलाहरूको उद्यमशिलता विकास र रोजगारी सिर्जनामा सहयोग गरी दिगो समाजको निर्माण गर्न बैंक सधै तत्पर रहेको बताए। 

त्यस्तै, ललितपुर महानगरपालिका वडा न। २१, खोकनाका वडा अध्यक्ष रबिन्द्र महर्जनले यस कार्यक्रमको लागि धन्यवाद ज्ञापन गर्दै खोकना वरपर उद्यमशीलता विकास गर्न बैंकसँग हातेमालो गर्ने बताए। नेपाल सरकारले अबलम्बन गरेको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले ०७८ असार १५ गते धान दिवसको दिनबाट दिगो बैंकिङको सुरूवात गरेको हो। 

१७ वटा शाखाबाट सुरू गरेको दिगो बैंकिङ बैंकले हाल एक सय शाखामा विस्तार गरेको छ। दिगो बैंकिङ अन्तर्गत किसान कर्जा र उद्यमशील कर्जा मार्फत बैंकले पाँच सयभन्दा बढी उद्यमीलाई ५५ करोडभन्दा बढी कर्जा प्रवाह गरेको बताएको छ।


Shivam cement

प्रकाशित: Aug 15, 2022| 16:29 सोमबार, साउन ३०, २०७९
प्रतिक्रिया दिनुहोस्