काठमाडौं- वृज सिमेन्ट इन्डस्ट्रिजले श्रावणको अन्तिम सोमबारका अवसरमा पशुपतिनाथमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।
सुन्दरीजलदेखि पशुपतिनाथसम्म विभिन्न ८ स्थानमा बोलबमका भक्तजनलाई निःशुल्क खानेपानी, फलफुल जुसलगायतका सेवा प्रदान गरेको कम्पनीले पशुपतिनाथमा भक्तजनका हकमा भने निःशुल्क स्वस्थ्य परीक्षणसमेत गरिएको हो।
स्वास्थ्य शिविर क्याम्पमा आँखा, दाँत र जनरल चेकअप गर्नुका साथसाथै रक्तचापको समेत परीक्षण गरिएको थियो। उक्त स्वास्थ्य शिविरका अनुसार करिब २ हजार दर्शनार्थीले सेवा लिएका थिए।
लायन्स एन्ड लियो क्लब अफ काठमाडौं चाबहिल, वृज सिमेन्टको संयुक्त आयोजनामा यो कार्यक्रम गरिएको हो।