आइतबार, साउन २४, २०८३

युवा उद्यमी कँडेलद्वारा काठमाडौं–५ मा उम्मेदवारी घोषणा

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि युवा उद्यमी विजय कँडेलले काठमाडौं क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्।
 |  सोमबार, साउन ३०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन ३०, २०७९

काठमाडौं– आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि युवा उद्यमी विजय कँडेलले काठमाडौं क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्। 

सोमबार बिहान सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणा गर्दै कँडेलले देशमा व्याप्त विकृति अन्त्य गर्न, देश र जनताको अवस्था परिवर्तन गर्न र उपलब्ध साधन, स्रोत र प्रविधिको उच्चतम सदुपयोग गरी देश विकासका लागि समग्र युवाहरुको प्रतिनिधित्व गर्दै उम्मेदवारी घोषणा गरेको बताएका छन्। 

‘राजनीतिक परिवर्तनमा हामीले अग्रगामी छलाङ मार्यौं, तर नागरिकको जीवनस्तर जहाँको त्यहीँ रह्यो। लोकतन्त्र आयो, तर भुइँमान्छेहरुले त्यसको महसुस कहिल्यै गर्न पाएनन्,’ उनले भने। यस्तो अवस्था अन्त्यका लागि आफू नेतृत्व लिन अघि सरेको कँडेलको भनाइ छ।  

करिब चार दशक लामो जीवनमा देशविदेश घुम्ने, काम गर्ने र सिक्ने अवसर मिलेको बताउँदै कँडेलले आफ्नो अनुभव र सीपका आधारमा राष्ट्र निर्माणमा लाग्न तत्पर रहेको बताए। 

कँडेल विभिन्न सामाजिक गतिविधि र व्यापार–व्यवसायमा संलग्न छन्। उनका हाइजेनिक मिट सेन्टर, समाधान सेवा नेपाल, एचएमसी फुड्स, हाइजेनिक एग्रो टुरिजम फार्म लगायत व्यवसाय सञ्चालनमा छन्। यसअघि उनले काठमाडौंलाई धुलोरहित बनाउन ‘जाग्यो नेपाल’ अभियानको नेतृत्व गरेका थिए।

प्रकाशित: Aug 15, 2022| 13:50 सोमबार, साउन ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...