शुक्रबार, असोज ९, २०८३

एभरेष्ट बैंकको ११८औं शाखा ललितपुरको टौखेलमा

एभरेष्ट बैंक लिमिटेडले ललितपुरको टौखेलमा आफ्नो ११८औँ शाखा सञ्चालनमा ल्याएको छ।
 |  सोमबार, साउन ३०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन ३०, २०७९

काठमाडौं– एभरेष्ट बैंक लिमिटेडले ललितपुरको टौखेलमा आफ्नो ११८औँ शाखा सञ्चालनमा ल्याएको छ। बैंकले यही साउन २९ गते समाजमा रहेको ठूलो तथा फैलिएको वर्गलाई अत्याधुनिक बैंकिङ सेवा र सुविधा उपलब्ध गराउन नयाँ शाखा खोलेको जनाएको छ। 

गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन र एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले टौखेल शाखाको संयुक्त रुपमा उद्घाटन गरेका हुन्।

उक्त उद्घाटन समारोहमा ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष पुष्प रत्न शाक्य, गोदावरी नगरपालिका वडा नं ३ का अध्यक्ष सानुराजा घिमिरे, गोदावरी उद्योग वाणिज्य संघका उपाध्यक्ष तथा अरनिको समाजका कार्यकारी सदस्य राजन महर्जन, एभरेष्ट बैंकका नायब महाप्रबन्धकद्वय केशव राज पौडेल तथा आषुतोश शर्मा, बैंकका बाग्मती प्रदेशका प्रादेशिक–प्रबन्धक सन्तोष कुमार भट्टराई तथा बजार विभाग प्रमुख पुष्पराज उप्रेतीलगायत व्यक्तिहरुको उपस्थिति थियो। 


प्रकाशित: Aug 15, 2022| 13:39 सोमबार, साउन ३०, २०७९
प्रतिक्रिया दिनुहोस्