आइतबार, साउन २४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • काठमाडौंको फोहोर व्यवस्थापनका लागि प्रधानमन्त्रीसँग आजै कुरा गर्छौं : गगन थापा

काठमाडौंको फोहोर व्यवस्थापनका लागि प्रधानमन्त्रीसँग आजै कुरा गर्छौं : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री शेरबहादुर देउवासँग छोटो कुरा गरेर काठमाडौंको फोहोर व्यवस्थापनका लागि काठमाडौंका जनप्रतिनिधिले भेट्न चाहेको जानकारी दिएको बताएका छन्।
 |  सोमबार, साउन ३०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन ३०, २०७९

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री शेरबहादुर देउवासँग छोटो कुरा गरेर काठमाडौंको फोहोर व्यवस्थापनका लागि काठमाडौंका जनप्रतिनिधिले भेट्न चाहेको जानकारी दिएको बताएका छन्।

पार्टी कार्यालय सानेपामा पत्रकारहरूसँग कुरा गर्दै महामन्त्री थापाले सहरी विकासमन्त्रीलाई पनि आफूले भेट्न चाहेकोमा उनी काठमाडौंभन्दा बाहिर रहेको बताए। 'स्थानीय तह निर्वाचनपछि काठमाडौंमा फोहोर थुप्रिएको समयमा धादिङ, नुवाकोटका विभिन्न स्थानमा विसर्जन गरिने गरेको अवस्थामा काठमाडौं र त्यहाँ जनप्रतिनिधिका बीचमा केही सम्झौता भएका छन्। संघ सरकारले पनि केही सम्झौता गर्‍यो। केही कुरा चाहेरै पनि प्रक्रिया पुरा गर्नुपर्ने हुँदा समय लागेको छ। त्यसका लागि बलियो संयन्त्र बनाऔँ,' थापाले भने।

उनले कार्यकारी जिम्मेवारीमा रहेकाहरूले काम गरिरहेको उनले बताए। अप्ठ्यारोमा सांसदहरूले गाँठो फुकाउने र सम्बन्धित निकायलाई झकझक्याउनु पर्ने बताए। अप्ठ्यारो पर्दा तत्काल सम्झौता गर्ने र पछि ती सम्झौतालाई भुल्ने परिपाटी अन्त्य हुनु आवश्यक रहेको थापाले बताए।

काठमाडौं महानगरपालिकालाई पनि संघको सहयोग चाहिएको उनले बताए। 'स्थानीय निकायका माग सम्बोधन गर्दा पनि कतिपय तुरुन्तै समाधान हुने खालका होलान्। कतिपय अलि समय लाग्ला सयमा हामी सबै जिम्मेवार हुनुपर्छ,' उनले भने। उनले फोहोर व्यवस्थापनकै लागि प्रधानमन्त्रीसँग आजै कुरा गरिने बताएका छन्।

उनले मेयर बालेन्द्र शाहलाई कुनै पनि राजनीतिक दलले असहयोग नभएको बताए। थापाले सरोकारवाला सबैसँग समन्वय हुनुपर्ने उनले बताए। थापाले प्रधानमन्त्री र सहरी विकास मन्त्रालयले गर्नुपर्ने पहलकदमीमा पनि उनीहरूले अग्रसरता देखाउनुपर्ने बताए।

उनले फोहोरमाथि कसैले राजनीतिक फाइदाका लागि खेल्यो भने उनीहरूलाई सार्वजनिक गर्नुपर्ने बताए।

प्रकाशित: Aug 15, 2022| 13:30 सोमबार, साउन ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...