शुक्रबार, वैशाख ७, २०८१

‘मिस यूनिभर्स नेपाल’को प्रतिस्पर्धामा २० सुन्दरी

अगस्टको २५ तारिखमा काठमाडौंमा आयोजना हुन लागेको ‘मिस यूनिभर्स नेपाल’का लागि अन्तिम प्रतिस्पर्धामा २० जना युवतिले प्रतिस्पर्धा गर्ने भएका छन्।
 |  सोमबार, साउन ३०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन ३०, २०७९

काठमाडौं- अगस्टको २५ तारिखमा काठमाडौंमा आयोजना हुन लागेको ‘मिस यूनिभर्स नेपाल’का लागि अन्तिम प्रतिस्पर्धामा २० जना युवतिले प्रतिस्पर्धा गर्ने भएका छन्।

triton college

काठमाडौंको याक एन्ड यति होटलमा आइतबार आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा निर्देशक नग्मा श्रेष्ठले यस बारे जानकारी दिइन्। कार्यक्रममा २० जना प्रतिस्पर्धीले रातो कार्पेटमा हिँडेका थिए। उनीहरूले आफ्नो परिचय मिडिया र उपस्थित पाहुनालाई दिँदै रातो कार्पेटमा क्वाटवाक गरे।

निर्देशक नग्मा श्रेष्ठले आउँदो वर्षदेखि भने यो प्रतियोगितामा विवाहित, गर्भवती र आमा भैसकेका तथा सम्बन्ध विच्छेद गरेका महिलाले समेत सहभागिता जनाउन पाउने बताइन्। उनले भनिन्, ‘मैले सधैँ नै मिस यूनिभर्सलाई मन पराउनुको एउटै कारण भनेको यसमा लागू हुने समावेशिता हो। आउँदो वर्षदेखि लागू हुने गरी गरिएको परिवर्तन साहसी, सशक्त र सुन्दर नेपाली महिलाका लागि लागू हुनेमा विश्वास लिएकी छु।’

उत्कृष्ट २० मध्ये सोसल इम्प्याक्टर लिडर विधाको विजेता र पिपुल च्वाइस अवार्डको विजेताले उत्कृष्ट १० मा सोझै प्रतिस्पर्धा गर्न पाउनेछन्।

यसवर्षको ‘मिस यूनिभर्स नेपाल’को विजेताले १० लाख रुपैयाँ र इलेक्ट्रिक स्कुटर प्राप्त गर्ने जानकारी दिइयो। यस्तै, विजेताले ७१औं श्रृङ्खलाको ‘मिस यूनिभर्स’मा समेत भाग लिन पाउनेछन्।

corrent noodles
Metro Mart

यसवर्षको ‘मिस यूनिभर्स नेपाल’मा बिपना अधिकारी, दीक्षा खाती, आकृति मानन्धर, सामना कार्की, प्रियांशु महत, सृष्टि हाडा, जाश्मिन खड्का, मोनिका चौधरी, अनु अनमोल क्षेत्री, सृष्टि तामाङ, मोनालिजा पराजुली, रिजु खड्का, डाक्टर आयुष्नोभा ढुंगाना क्षेत्री, मेनुका चौधरी, सोफिया भुजेल, रजनी मिश्रा, रुप्सी श्रेष्ठ, प्रतिभा महर्जन र आश्मा केसी सहभागी छन्।

प्रकाशित: Aug 15, 2022| 13:11 सोमबार, साउन ३०, २०७९
प्रतिक्रिया दिनुहोस्