आइतबार, साउन २४, २०८३

फोहोर बोकेका गाडीलाई सत्तारुढ तीन दलका स्थानीय नेताको अवरोध

फोहोर बोकेर काठमाडौं उपत्यकाबाट बञ्चरेडाँडा जान लागेका गाडी बाटोमै रोकिएका छन्। सोमबार बिहान फोहोर बोकेर ल्याण्डफिल साइट हिँडेका गाडीमा अवरोध भएको हो।
 |  सोमबार, साउन ३०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन ३०, २०७९

काठमाडौं– फोहोर बोकेर काठमाडौं उपत्यकाबाट बञ्चरेडाँडा जान लागेका गाडी बाटोमै रोकिएका छन्। सोमबार बिहान फोहोर बोकेर ल्याण्डफिल साइट हिँडेका गाडीमा अवरोध भएको हो।

महानगरका अनुसार हिजो आइतबार ५५ वटा गाडी फोहोर फ्याँकेर फर्केकोमा आज भने अवरोध भएको हो। हिजो धुनिबेंशी नगरपालिकाका तीन राजनीतिक दलले संयुक्त विज्ञप्ति जारी गर्दै आजबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटमा फोहोर फाल्न जाने गाडी रोक्ने घोषणा गरेका थिए। 

सत्तारुढ गठबन्धनका दलहरु नेपाली कांग्रेसका धुनिवेंशी नगरपालिकाका सभापति पूर्ण तामाङ, माओवादी केन्द्रका नगर अध्यक्ष विष्णु तामाङ र एकीकृत समाजवादी पार्टीका नगर अध्यक्ष भीषण धितालले संयुक्त विज्ञप्ति निकाल्दै यस्तो घोषणा गरेका थिए। १७ वर्षदेखि काठमाडौं महानगरलगायत अन्य धेरै नगरपालिकाको फोहोर धादिङ र नुवाकोटको सिमाना सिसडोल र पछिल्लो समय बञ्चरेडाँडामा अव्यवस्थित तरिकाले फाल्दै आएको भन्दै उनीहरूले आक्रोश पोखेका छन्।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भने बञ्चरेडाँडामा गलत कसरत हुँदै गरेको भन्दै गुनासो गरेका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्,  ‘दुई अवरोध हटाउनेबित्तिकै अर्को अवरोधको कसरत हुँदै गरेको भन्ने जानकारी पाएका छौं। वास्तवमै त्यो कसरत हो भने त्यो विडम्बनापूर्ण हुनेछ।’

उनले बञ्चरेडाँडामा फोहोर व्यवस्थापनका लागि कतिपय संरचनाहरू बनिसकेको बताउँदै अब अर्को कुनै बहानामा अवरोध गर्न नहुने बताएका छन्। भूमि अधिग्रहण तथा संरचना निर्माण र प्रभावितहरूले पाउने सुविधा तथा मुआब्जा जस्ता काममा ५ अर्ब खर्च भइसकेको उनले जानकारी दिए।

प्रकाशित: Aug 15, 2022| 11:08 सोमबार, साउन ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...