मंगलबार, वैशाख ३०, २०८२

उच्च मनोबलसहित निर्वाचनमा केन्द्रित हुन कमल थापाको निर्देशन

राप्रपा नेपालको केन्द्रीय कार्य समितिको बैठक काठमाडौंको सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा सुरु भएको छ।
 |  सोमबार, साउन ३०, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, साउन ३०, २०७९

vianetvianet

काठमाडौं- राप्रपा नेपालको केन्द्रीय कार्य समितिको बैठक काठमाडौंको सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा सुरु भएको छ। 

triton college

बैठकको शुभारम्भ गर्दै पार्टी अध्यक्ष कमल थापाले उत्साह, ऊर्जा र उच्च मनोबलसहित निर्वाचनमा केन्द्रित हुन आग्रह गरेका छन्। थापाले मुलुकको पछिल्लो अवस्था बारे संक्षिप्त भनाई राखेका छन्। 

थापाले वर्तमान राजनीतिक परिस्थिति तथा भावी कार्यदिशा सम्बन्धमा कार्यपत्र प्रस्तुत गरिरहेका छन्। बैठकमा महामन्त्री भाष्कर भद्राले सचिवालय सम्बन्धी प्रतिवेदन, महामन्त्री सुशील श्रेष्ठले मेची-महाकाली राष्ट्रिय स्वाभिमान यात्रा र प्रशिक्षण सम्बन्धी प्रतिवेदन, अर्का महामन्त्री राजाराम बर्तौलाले सांगठानिक प्रतिवेदन, कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले आर्थिक प्रतिवेदन, प्रदेश अध्यक्षहरूको प्रतिवेदन  प्रस्तुत गर्ने कार्यतालिका रहेको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए। 

बैठकमा निर्वाचनको तयारी र आवश्यक रणनीति निर्माण गर्ने विषयमा महत्त्वपूर्ण छलफल हुने उनले बताए। प्रस्तुत कार्यपत्र र प्रतिवेदनमाथि आजैबाट टिप्पणी सुरु हुनेछ। बैठक भोलि पनि चल्ने प्रवक्ता सुरेश आचार्यले बताए।

प्रकाशित: Aug 15, 2022| 10:32 सोमबार, साउन ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...