सोमबार, जेठ २५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कमल थापाको भन्छन्- नागरिकता विधेयक फिर्ता पठाउने निर्णय स्वागत योग्य

कमल थापाको भन्छन्- नागरिकता विधेयक फिर्ता पठाउने निर्णय स्वागत योग्य

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नागरिकता विधेयक पुर्नविचारका लागि संसद्‍मा पुन: पठाउने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको स्वागत गरेका छन्।
 |  सोमबार, साउन ३०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन ३०, २०७९

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नागरिकता विधेयक पुर्नविचारका लागि संसद्‍मा पुन: पठाउने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको स्वागत गरेका छन्। 

National life

‘विभेदकारी र राष्ट्रहित विपरितको नागरिकता विधेयक पुनर्विचारको लागि फिर्ता पठाउने राष्ट्रपतिको निर्णय स्वाभाविक छ। राष्ट्रपतिद्वारा संवैधानिक कर्तव्यको निर्वाह भएको छ’, अध्यक्ष थापाले सोमबार सामाजिक सञ्जालमा लेखेका छन्। 

अब यस विषयमा संसदले हठ प्रदर्शन गर्न नुहने उनको तर्क छ। 'ढिलो गर्ने काम सरकारले गरेको हो। अब यो विषयको जिम्मा नयाँ जनादेश प्राप्त संसदलाई दिनुपर्छ,’ उनले भने।

नेपाली पुरुषसँग बिबाह गरेका महिलालाई समयसीमाको बन्देजविनै नागरिकता दिने तथा बाबुको पहिचान नखुलेको आमाले स्पष्टीकरण दिनु पर्नेलगायतको विषयलाई सम्बोधन गनुपर्नेलगायत विषयमा प्रश्न गर्दै राष्ट्रपति भण्डारीले विधेयक संसदमा फिर्ता गरि दिएकी थिइन्।

प्रकाशित: Aug 15, 2022| 10:15 सोमबार, साउन ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...