आइतबार, साउन २४, २०८३

चुनावका विषयमा छलफल गर्न राप्रपा कार्यसम्पादन समिति बैठक बस्दै

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्ने भएको छ।
 |  सोमबार, साउन ३०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन ३०, २०७९

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्ने भएको छ।

मंसिर ४ मा हुने प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचन तयारी, आवश्यक रणनीतिलगायत विषयमा छलफल गर्न बैठक बस्न लागेको हो। सोमबार मध्यान्ह १२ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक बस्ने बताइएको छ।

आसन्न निर्वाचन, निर्वाचन तयारीका लागि विभिन्न समिति निर्माण, प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको २२ बुँदे माग सम्बन्धमा जारी आन्दोलनको समीक्षालगायत विषयमा आज छलफल गरिने प्रवक्ता मोहन श्रेष्ठले बताए।

उनले तेस्रो चरणको आन्दोलनको मोडालिटीबारे पनि आज छलफल हुने बताए।

प्रकाशित: Aug 15, 2022| 09:23 सोमबार, साउन ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...