सोमबार, जेठ २५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कम्युनिस्ट पार्टी भन्ने बित्तिकै जनता डराउने अवस्था आयो : मन्त्री चौधरी

कम्युनिस्ट पार्टी भन्ने बित्तिकै जनता डराउने अवस्था आयो : मन्त्री चौधरी

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका पोलिट्ब्यूरो सदस्य एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले कम्युनिस्ट पार्टी भन्नेबित्तिकै जनता डराउने अवस्था आएको बताएका छन्।
 |  सोमबार, साउन ३०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन ३०, २०७९

लमही- नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका पोलिट्ब्यूरो सदस्य एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले कम्युनिस्ट पार्टी भन्नेबित्तिकै जनता डराउने अवस्था आएको बताएका छन्। 

National life

एकीकृत समाजवादीको जनवर्गीय संगठनको भेलालाई सम्बोधन गर्दै मन्त्री चौधरीले भने, ‘कम्युनिस्ट पार्टीको दुई तिहाइ नजिकको सरकार बन्ने अनि सत्ता जोगाउन संविधानविपरित संसद्को दुई दुई पटक हत्या गर्ने भएपछि जनताले कम्युनिस्ट पार्टीलाई किन भोट हाल्ने भनेर प्रश्न गर्न थालेका छन्।’

एमाले अध्यक्ष केपी ओलीले जनताले पहिलो पटक बनाएको नयाँ संविधान कोल्याप्स गर्न खोजेको आरोप लगाए। ‘ठूलो पार्टी, तेत्रा सांसद हुँदा पनि आज एमालेसँग भोट माग्ने नैतिक हैसियत छैन। अब उसलाई किन भोट हाल्ने? अब उसलाई किन ठुलो पार्टी बनाउने? जनता प्रश्न गरिरहेका छन्,’ उनले भने।

कम्युनिस्टहरू शान्ति, संविधान र लोकतन्त्रप्रति प्रतिबद्ध हुनुपर्ने बताउँदै सहरी विकास मन्त्री चौधरीले एकीकृत समाजवादी बृहत् कम्युनिस्ट एकताको पक्षमा रहेको धारणा राखे।

एकीकृत समाजवादीको लमही नगर कमिटीले आयोजना गरेको सो कार्यक्रममा केन्द्रीय सदस्य शारदा स्वर्णकार, जिल्ला अध्यक्ष सुरामणि बेल्बासे, युवा संघका जिल्ला अध्यक्ष हरिष गिरी लगायतले मन्तव्य राखेका थिए।

Shivam cement

प्रकाशित: Aug 15, 2022| 09:16 सोमबार, साउन ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...