शनिबार, जेठ २, २०८३

रामेछापमा करेन्ट लागेर एक जनाको मृत्यु

जंगलमा गाईवस्तु चराउन गएका रामेछापको मन्थली नगरपालिका–७ का ५५ वर्षीय बिजुले माझीको आइतबार करेन्ट लागेर ज्यान गएको छ।
 |  सोमबार, साउन ३०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन ३०, २०७९

रामेछाप- जंगलमा गाईवस्तु चराउन गएका रामेछापको मन्थली नगरपालिका–७ का ५५ वर्षीय बिजुले माझीको आइतबार करेन्ट लागेर ज्यान गएको छ।

National life

नेपाल विद्युत् प्राधिकरणले विद्युतीकरणको लागि टाँगेको तारमा छोइँदा माझीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्राधिकरणले टाँगेको तार लत्रिएको र जंगल हिँडेका माझी त्यसैमा अल्झिएका थिए। सोही क्रममा उनलाई करेन्ट लागेको प्रहरीको भनाइ छ।

नेपाल विद्युत् प्राधिकरणले कानुन बमोजिम क्षतिपूर्ति दिने सहमति गरेपछि उनको शव पोष्टमार्टमका लागि मन्थली अस्पताल पुर्‍याइएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। स्थानीले प्राधिकरणको गम्भीर लापरबाहीले घटना घटेको भन्दै आक्रोश पोखेका छन्। 

प्रकाशित: Aug 15, 2022| 08:15 सोमबार, साउन ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।