शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अज्ञात समूहले चलाएको गोली लागेर रुपन्देहीमा एक युवक घाइते

अज्ञात समूहले चलाएको गोली लागेर रुपन्देहीमा एक युवक घाइते

रुपन्देहीमा अज्ञात समूहले चलाएको गोली लागेर एक युवक घाइते भएका छन्। रुपन्देहीको ओमसतिया गाउँपालिका-४ बसन्तपुरमा अज्ञात समूहको गोली प्रहारबाट एक जना युवा गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।
 |  सोमबार, साउन ३०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन ३०, २०७९

बुटवल- रुपन्देहीमा अज्ञात समूहले चलाएको गोली लागेर एक युवक घाइते भएका छन्। रुपन्देहीको ओमसतिया गाउँपालिका-४ बसन्तपुरमा अज्ञात समूहको गोली प्रहारबाट एक जना युवा गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।

National life

गोली लागेर सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ बेलहियाका बिकास गुरुङ घाइते भएका छन्।

गए राति करिब ११ बजेतिर बसन्तपुर वडा कार्यालय अगाडि गुरुङसँग जम्का भेट भएपछि उक्त समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ।

मोटरसाइकलमा आएको तीन जनाको समूहले उनीमाथि गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक दीपक कुँवरले बताए। गुरुङको बायाँ कोखामा गोली लागेको छ।

प्रहरीका अनुसार गुरुङको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ।

गोली प्रहार हुनुभन्दा आधा घण्टा अगाडि रोहिणी गाउँपालिका वडा नम्बर १ बाइपासस्थित सिद्धार्थ कटेजमा एक समूहले सुनका गरगहना र नगदसमेत लुटेर भागेकोले सोही समूहले गोली प्रहार गरेको हुन सक्ने प्रहरीले जनाएको छ।

घटनास्थल र आसपासमा प्रहरी परिचालन गरिएको तथा आपराधिक समूहको खोजी भइरहेको प्रहरीको भनाइ छ।

प्रकाशित: Aug 15, 2022| 07:01 सोमबार, साउन ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।