सोमबार, जेठ २५, २०८३

एनएमबि बैंक र आईएफसीबीच सहकार्य

एनएमबि बैंक लिमिटेडले विश्व बैंक समूहको सदस्य इन्टरनेशनल फाइनान्स कर्पोरेसन (आईएफसी)बाट तेश्रो आवधिक कर्जा दुई करोड पचास लाख अमेरिकी डलरको कर्जा लगानी भित्र्याएको छ।
 |  आइतबार, साउन २९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन २९, २०७९

काठमाडौं– एनएमबि बैंक लिमिटेडले विश्व बैंक समूहको सदस्य इन्टरनेशनल फाइनान्स कर्पोरेसन (आईएफसी)बाट तेश्रो आवधिक कर्जा दुई करोड पचास लाख अमेरिकी डलरको कर्जा लगानी भित्र्याएको छ। 

National life

एनएमबि बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र इन्टरनेशनल फाइनान्स कर्पोरेसनको दक्षिण एसिया क्षेत्रीय निर्देशक हेक्टर गोमेज आइबीच समझदारी आदान प्रदान भएको हो। 

उक्त कर्जाले हालको असहज परिवेशमा उत्पादनमुलक क्षेत्रमा कर्जा लगानी बढाउन मद्दत पुग्ने विश्वास गरिएको छ। एनएमबि बैंक चार वर्षको अवधिमा आईएफसीबाट लगातार तीनपटक कर्जा प्राप्त गर्ने नेपालको एकमात्र बैंक भएको छ।

यसरी विस्तार गरिएको क्रेडिट लाइनले कोभिड–१९ को कारणले गर्दा साना तथा मझौला कर्जाको क्षेत्रमा भएको खाडललाई परिपूर्ति गर्न र उक्त क्षेत्रहरूमा नयाँ उद्यमीहरूलाई प्रोत्साहित गर्न सक्षम बनाउने विश्वास बैंकले लिएको बताइएको छ।


प्रकाशित: Aug 14, 2022| 17:13 आइतबार, साउन २९, २०७९
प्रतिक्रिया दिनुहोस्