सोमबार, कात्तिक ३, २०८२

पाल्पामा थपिए ६ हजार बढी मतदाता

गत १ असारदेखि १९ साउनसम्म सञ्चालन भएको फोटोसहितको मतदाता नामावली संकलनमा ६ हजार ६७० नयाँ मतदाता थपिएका हुन् ।
 |  शनिबार, साउन २८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, साउन २८, २०७९

पाल्पा– पाल्पामा ६ हजार बढी नयाँ मतदाता थपिएका छन्। गत १ असारदेखि १९ साउनसम्म सञ्चालन भएको फोटोसहितको मतदाता नामावली संकलनमा नयाँ मतदाताले नाम दर्ता गराएपछि ६ हजार ६७० नयाँ मतदाता थपिएका हुन् ।

Kumaribank

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन, इलाका प्रशासन कार्यालयबाट फोटोसहितको मतदाता नामावली संकलन गरिएको थियो।

उक्त नामावलीमा साढे ६ हजार बढी मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी रुक्मांगत अर्यालले बताए। उनका अनुसार तीन हजार १४० महिला र ३ हजार ५३० पुरुष थपिएका हुन्।

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा जिल्लामा १ लाख ९९ हजार ६९० मतदाता रहेकामा पछिल्लो थप विवरणसहित २ लाख ६,३६० मतदाता पुगेका हुन्।यसैबीच प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लामा १३ मतदान स्थल थप गर्न सिफारिस गरिएको छ। प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तको अध्यक्षतामा बसेको बैठकले तोकिएको समयसीमामा थप समय उपलब्ध गराउन निर्वाचन आयोगसमक्ष आग्रह गरिएको छ।

सरकारले आगामी ४ मंसिरमा एकै चरणमा निर्वाचन घोषणा गरेसँगै निर्वाचन आयोगले मतदाता नामावली संकलन २० साउनदेखि स्थगित गरेको थियो। स्थानीय तह निर्वाचनसम्म करिब १० हजार मतदाताको १८ वर्ष उमेर नपुगेका कारण अन्तिम मतदाताको सूचीमा नाम समावेश भएको थिएन। –रासस

Metro Mart

प्रकाशित: Aug 13, 2022| 16:06 शनिबार, साउन २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...