आइतबार, जेठ ३, २०८३

एक महिनादेखि उठेन विर्तामोडको फोहर

'दुर्गन्धले महामारी फैलिन्छ कि भनेर हामी पनि चिन्तित छौँ, दिनरात नभनी डम्पिङ साइटको खोजी गरिरहेका छौँ,' उनले भने, 'फोहर बिसर्जन गर्ने ठाउँ खोजेको थाहा पाउने बित्तिकै बाहिरदेखिका मानिस भेला भएर फोहर राख्नै दिँदैनन्।'
 |  शुक्रबार, साउन २७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २७, २०७९

विर्तामोड- विर्तामोड नगरपालिकाले एक महिनादेखि फोहरमैला उठाउन नसक्दा सार्वजनिकस्थल दुर्गन्धित हुन थालेको छ। झापाको मुख्य व्यापारिक केन्द्र विर्तामोडको मुक्तिचोक, विर्ताबजार, कृषिथोक, चारपाने, बुट्टाबारी, गरामनीलगायत सहरी तथा आसपासका बजारमा फोहरको डुङ्गुर थुप्रिएको छ। सार्वजनिक स्थलमा हिँड्डुल गर्दा सर्वसाधारणले नाक थुन्नुपर्ने अवस्था सिर्जना भएको छ।

National life

फोहर विसर्जन गर्न डम्पिङ साइटको व्यवस्था गर्न नसक्दा नगरको फोहरमैला उठाउन नसकिएको नगरपालिकाले जनाएको छ। फोहरमैला जताततै थुप्रिएर नगरमा दुर्गन्ध र सङ्क्रामक रोग फैलिने सम्भावना बढेको भन्दै उपभोक्ता जागरण अभियान झापाले नगरपालिकाको ध्यानाकर्षण गराएको छ।

'एक महिनादेखि नगरपालिकाले सहरबाट फोहर उठाएको छैन', नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाएको उपभोक्ता जागरण अभियान झापाका सचिव विशाल थापाले भने, 'अति भएपछि हामीले नगरप्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई भेटेरै अविलम्ब फोहरमैला उठाउने व्यवस्था मिलाउन माग गरेका हौँ।'

नगरपालिकाका उपप्रमुख नगेन्द्र सङ्ग्रौलाले फोहरमैला व्यवस्थापनका लागि सञ्चालन गरिएका डम्पिङ साइटमा स्थानीयवासीको अवरोध जारी रहेकाले फोहर उठाउन नसकिएको बताइन्। कुहिने र नकुहिने गरी दैनिक छ ट्रयाक्टर फोहर विर्तामोडको बजार, सडक र भित्री गल्लीमा जम्मा हुने गरेको उपप्रमुख सङ्ग्रौलाको भनाइ छ। 

उनले एक महिनामा फोहर व्यवस्थापनका लागि चार वटा स्थान तयार गरिएता पनि नागरिक अवरोधकै कारण फोहर विर्सजन गर्न नसकिएको बताउनुभयो। उहाँले फोहरमैला विसर्जनलाई विर्तामोड नगरपालिका–७ र ८, कनकाई नगरपालिका–१ र बाह्रदशी गाउँपालिका–७ का बासिन्दाको निजी जमिन लिजमा लिएर फोहरमैला विसर्जन गर्ने तयारी गरेको जानकारी दिए। तर ती सबै स्थानमा स्थानीयले अवरोध पुर्‍याएका छन्। 

'दुर्गन्धले महामारी फैलिन्छ कि भनेर हामी पनि चिन्तित छौँ, दिनरात नभनी डम्पिङ साइटको खोजी गरिरहेका छौँ,' उनले भने, 'फोहर बिसर्जन गर्ने ठाउँ खोजेको थाहा पाउने बित्तिकै बाहिरदेखिका मानिस भेला भएर फोहर राख्नै दिँदैनन्।'

फोहरमैला व्यवस्थापनको कार्य विर्तामोड नगरपालिका एक्लैले गर्न नसक्ने अवस्था आइसकेको छ। विगत पाँच वर्षभरि फोहरमैला विसर्जनका लागि स्थायी प्रकृतिको डम्पिङ साइट सञ्चालनमा स्थानीयले अवरोध पुर्‍याएपछि नगरका तत्कालीन प्रमुख ध्रुवकुमार शिवाकोटीले आफ्नै जग्गामा खाल्डो खनेर फोहर पुरेका थिए। 

नगरकी प्रमुख पवित्रा महतराले छिमेकी पालिका मेचीनगर, अर्जुनधारा, बाह्रदशी र कनकाईसँग मिलेर साझा डम्पिङ साइट खोज्न आवश्यक रहेको बताउनुभयो। उहाँले फोहरमैला व्यवस्थापनका लागि छिमेकी पालिकाका जनताले पनि साथ दिनुपर्ने बताइन्। 

प्रकाशित: Aug 12, 2022| 22:08 शुक्रबार, साउन २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।