आइतबार, जेठ ३, २०८३

लेखक सलमान रुस्दीमाथि न्युयोर्कमा आक्रमण

प्रत्यक्षदर्शीहरूका अनुसार एक व्यक्तिले उनीमाथि मुक्का प्रहार गरी भागेका थिए। यसपछि कार्यक्रममा सहभागीहरू पनि दौडिएका थिए। रुस्दीमाथि छुरा प्रहार भएको आशंका गरिएपनि यसको पुष्टि हुन सकेको छैन।
 |  शुक्रबार, साउन २७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २७, २०७९

न्युयोर्क- भारतीय मूलका लेखक सलमान रुस्दीमाथि अमेरिकाको न्युयोर्कमा आक्रमण भएको छ।  शुक्रबार चौतक्वा इन्स्टिच्युसले आयोजना गरेको कार्यक्रममा बोलिरहेको बेला बुकर पुरस्कार विजेता रुस्दीमाथि आक्रमण भएको बीबीसीले समाचार लेखेको छ। 

National life

'द सटानिक भर्सेस्' लेखेपछि वर्षौंसम्म ज्यान मार्ने धम्की सहेका लेखक रुस्दीमाथि कार्यक्रम स्टेजमा नै आक्रमण भएको हो। 

प्रत्यक्षदर्शीहरूका अनुसार एक व्यक्तिले उनीमाथि मुक्का प्रहार गरी भागेका थिए। यसपछि कार्यक्रममा सहभागीहरू पनि दौडिएका थिए। रुस्दीमाथि छुरा प्रहार भएको आशंका गरिएपनि यसको पुष्टि हुन सकेको छैन। 

रुस्दीमाथि आक्रमण भएको भनिएको भिडियोमा उपस्थितहरू आत्तिएको देखिन्छ। आक्रमणकारीलाई घटनास्थलबाट प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ। यद्यपि रुस्दीको स्वास्थ्य अवस्थाबारे न्युयोर्क प्रहरीले जानकारी दिएको छैन। 

रुस्दीका मिडनाइट चिल्ड्रेन, सेम, द मूर्स लास्ट साई, द गोल्डेन हाउसलगायतका उपन्यास चर्चित छन्।

प्रकाशित: Aug 12, 2022| 21:34 शुक्रबार, साउन २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।