आइतबार, जेठ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • डिकमान पत्रकारिता पुरस्कारबाट तीन पत्रकार सम्मानित

डिकमान पत्रकारिता पुरस्कारबाट तीन पत्रकार सम्मानित

फोनिजको ३३ औँ स्थापना दिवसको अवसर पारेर बिर्तामोडमा आयोजित सम्मान कार्यक्रममा डिकमान विरही पत्रकारिता पुरस्कारबाट भीमा शिवाकोटी तथा उदीयमान पत्रकारिता पुरस्कारबाट विष्णुकुल श्रेष्ठ र गङ्गा बेघा पुरस्कृत भएका हुन्।
 |  शुक्रबार, साउन २७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २७, २०७९

National life

काठमाडौं- नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाले शुक्रबार तीन जना पत्रकारलाई पुरस्कृत गरेको छ। फोनिजको ३३ औँ स्थापना दिवसको अवसर पारेर बिर्तामोडमा आयोजित सम्मान कार्यक्रममा डिकमान विरही पत्रकारिता पुरस्कारबाट भीमा शिवाकोटी तथा उदीयमान पत्रकारिता पुरस्कारबाट विष्णुकुल श्रेष्ठ र गङ्गा बेघा पुरस्कृत भएका हुन्। 

डिकमान सुनुवार पत्रकारिता पुरस्कार झापाका प्रतिष्ठित दिवङ्गत पत्रकार डिकमान विरहीको स्मृतिमा फोनिजले स्थापना गरेको हो। रेडियोकर्मी पत्रकार शिवाकोटीलाई प्रदान गरिएको यो पुरस्कारको नगद राशि रु २५ हजार रहेको छ।

यसैगरी डिकमान विरही उदीयमान पत्रकारिता पुरस्कारको नगद राशी रु पाँच हजार रहेको छ। फोनिजका संघीय उपाध्यक्ष कमन देवानले पुरस्कार वितरण परम्पराले झापाली पत्रकारिताका आदर्श व्यक्तित्व स्वर्गीय डिकमान विरहीको योगदानको कदर भएको बताए। 

प्रकाशित: Aug 12, 2022| 23:55 शुक्रबार, साउन २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।