सोमबार, जेठ २५, २०८३

दया अनि सौगातले बदल्न नसकेको कथा, पात्र र चरित्र

रंगमञ्चबाट सिने क्षेत्र प्रवेश गरेका अभिनेताद्वय दयाहाङ र सौगातले चलचित्रको पर्दामा कथा, पात्र र चरित्रअनुसार फरकपन दिन नसकेको आरोप छ।
 |  शुक्रबार, साउन २७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २७, २०७९

काठमाडौं– चल्तीका अभिनेता हुन्, दयाहाङ राई र सौगात मल्ल। अभिनयमा सधैं फरकपन ल्याउन कोसिस गर्ने कलाकारद्वय अभिनीत फिल्म भने एउटै ढाँचाको देखिन थालेको छ।

National life

दुवै रंगमञ्चबाट उदाएका अभिनेता हुन्। दुवैको अभिनयले दर्शकको मन जितेको छ। तर सधैं एउटै टिमको आरोप खेप्दै आएका दया र सौगातको नयाँ फिल्म ‘दुई नम्बरी’को टे«लर हेर्दा ‘कबड्डी’को झल्को दिन्छ। 

रामबाबु निर्देशित कबड्डी फिल्मको लगभग सबै कलाकार दोहोरिएको दुई नम्बरीमा दयाहाङ र सौगातले बोलेको संवादको ढाँचा पनि दोहोरिएझैं लाग्छ। 

दया र सौगातको अभिनयले दर्शकलाई क्याच गर्छ। यति हुँदाहुँदै पनि पछिल्लो समय उनीहरूको सिनेमा छनोट र परिणामका लागि आरोपित र आलोचित भइरहेका छन्। दुवै जना व्यावसायिक कलाकार बन्दै गएका कारण पनि आफ्नो अभिनयमा नयाँपन ल्याउन नसकेको आरोप छ। 

दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको दुई नम्बरीको टे«लर हेर्दा सिनेमाको प्रस्तूति र ट्रिटमेन्ट शैलीसमेत कबड्डीकै सिरिजजस्तो लाग्छ । कबड्डी द फाइनल म्याच बक्स अफिसमा हिट फिल्म हो, जसले १७ करोडको व्यापार गर्न सफल भयो। सफल फिल्मका कलाकारलाई लिएर राम्रा फिल्म बनाउने चाहना अन्य निर्माता÷निर्देशकलाई पनि हुन्छ। तर निर्माता÷निर्देशकले ल्याएको पटकथा एकनासे हुँदैन होला। यदि एउटै पटकथा हुँदैन भने दयाहाङ र सौगातको अभिनयको प्याटर्न किन दोहोरिरहन्छ? 

Shivam cement

दया र सौगातले कथा, पात्र र चरित्र फेर्न नसकेकै हो? 

रंगमञ्चबाट सिने क्षेत्र प्रवेश गरेका अभिनेताद्वय दयाहाङ र सौगातले चलचित्रको पर्दामा कथा, पात्र र चरित्रअनुसार फरकपन दिन नसकेको  आरोप छ।

रामबाबुको निर्देशनमा बन्न लागेको नयाँ फिल्म फूलबारीको कार्यक्रममा अभिनेता दयाहाङले कूटनीतिक जवाफ दिए। उनले भने, ‘पटकथा पढेरै फिल्ममा साइन गर्ने भए पनि समस्या दृश्यभाषा रुपान्तरणमा हुने गर्छ।’ 

हुन त, फिल्म निर्देशककै निर्देशनअनुसार कलाकारले अभिनय गर्ने हो। त्यसो हो भने निर्देशकले दयाहाङ र सौगातको अभिनयमा नयाँपन ल्याउन नसकेको हो भन्ने बुझिन्छ।

दयाहाङ र सौगातको लुट आएपछि धेरै फिल्मले त्यही शैलीलाई पछ्यायो। कथा भन्ने शैली नै पछ्याउन थालेपछि अभिनय पनि दोहोरिने नै भयो। तर दयाहाङ आफ्नो बचाउ गर्दै भन्छन्, ‘कबड्डी’ आएपछि त्यस्ता फिल्म धेरै आए भन्ने कुरा स्वाभाविकै हुन्। मलाई भन्दा पनि यो प्रश्न निर्देशक र लेखकलाई सोध्दा उचित होला।’ 

प्रायशः फिल्मका कलाकारको अभिनय एकैनासे हुन्छ। तर कथा, पटकथाले पात्र र चरित्र चित्रणमा फरकपन पाइन्छ। दयाहाङ र सौगातको पछिल्ला फिल्म हेर्दा मुख्य पात्रको चरित्र चित्रणमा ठूलो अन्तर देखिँदैन। आवाज पनि दोहोरिएझैं लाग्छ। तर दयाहाङले गरेको काममा एउटै सेटिङ र चरित्रकरण देखिँदैन। उनी भन्छन्, स्क्रिप्टमा कुनै गाउँको सेटिङ देखिन्छ भने कबड्डीमा पनि गाउँको वर्णन त्यसैगरी देखिन्छ। घाम यताबाट आउँछ, खोला यसरी नै बगेको छ भन्ने कुरा देखिन्छ। दुई नम्बरी फिल्मको कुरा गर्दा पनि त्यसरी नै देखिन्छ, सेटअप।’

उनी पटकथालाई भिडियो भाषामा आइपुग्दा नै केही समस्या हुन सक्ने भन्दै  तर्किन्छन्। दुई नम्बरीमा दयाहाङ, सौगात, बुद्धि तामाङ, सपना ठकुरी, उगेन छ्योदेनलगायतको अभिनय छ। 

प्रकाशित: Aug 12, 2022| 17:26 शुक्रबार, साउन २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।