आइतबार, जेठ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • निहारिकाद्वारा शीतलनिवास अगाडि आत्मदाहको प्रयास, जनकपुर उच्च अदालतमा विचाराधीन छ बलात्कार मुद्दा

निहारिकाद्वारा शीतलनिवास अगाडि आत्मदाहको प्रयास, जनकपुर उच्च अदालतमा विचाराधीन छ बलात्कार मुद्दा

जबरजस्ती करणी मुद्दामा न्याय माग्दै अनसनरत निहारिका राजपूतले राष्ट्रपति निवासअघि आत्मदाहको प्रयास गरेकी छन्।
 |  शुक्रबार, साउन २७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २७, २०७९

काठमाडौं– जबरजस्ती करणी मुद्दामा न्याय माग्दै अनसनरत निहारिका राजपूतले राष्ट्रपति निवासअघि आत्मदाहको प्रयास गरेकी छन्। शुक्रबार दिउँसो शीतल निवासअघि शरीरमा पेट्रोल छर्किएर आत्मदाह गर्न लागेकी निहारिकालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

National life

महोत्तरीको जलेश्वर नगरपालिका–९ की सोनाली कुमारी सिंह (निहारिका) गत २० साउनदेखि वसन्तपुरमा आमरण अनशनमा छिन्। यसअघि गत जेठ २८ देखि माइतीघरमा अनशन बसेकी उनले असार २ मा अनशन तोडेकी थिइन्। सरकारसँग ५ बुँदे सहमति भएपछि निहारिकाले गृहमन्त्री बालकृष्ण खाणको हातबाट जुस पिएर अनशन तोडेकी हुन्। 

तर सहमतिअनुसार न्यायिक प्रक्रिया अघि नबढेको बताउँदै उनी २० साउनदेखि पुनः अनशन बसेकी हुन्। यसअघि निरन्तर सर्वोच्च अदालतअघि धर्ना दिएकी उनलाई प्रहरीले दुईपटक पक्राउ गरेर छाडेको थियो।

आफूलाई ‘कुमारी आमा’ भनेर चिनाउने राजपूत आफूमाथि शिवराम श्रेष्ठले बलात्कार गरेको भन्दै आरोपितलाई कारबाही गर्नुपर्ने, आफ्नो बच्चाको डीएनए जाँच गर्नुपर्ने मागसहित काठमाडौंको माइतीघरमा गत असारमा अनशन बसेकी थिइन्।

सरकारसँग पाँच बुँदे सहमति भएपछि अनशन तोडेकी उनको प्रशासनले कानुनी लडाइँमा आफूलाई सहयोग नगरेको आरोप छ।

दोस्रोपटक अनशन बसेकी उनी शुक्रबार एक सहयोगीसहित शीतल निवासतर्फ गएकी थिइन्। बाटोमा एक लिटर पेट्रोल र लाइटर किनेर शीतल निवास पुगेलगत्तै उनले शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेकी थिइन्। निहारिका शीतल निवासतर्फ जाँदै गरेको पहिल्यै खबर पाएपछि प्रहरी अलर्ट बनेको थियो र आत्मदाह गर्ने प्रयास गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो। उनलाई महाराजगञ्ज प्रहरी वृत्तमा लगिएको छ। 

धनुषा क्षीरेश्वरनाथ नगरपालिका–३ का २२ वर्षीय शिवराम श्रेष्ठले ०७६ कात्तिक ६ गते कोठामा कोही नभएको मौकामा ललाइफकाइ, डर धम्की देखाएर आफूमाथि बलात्कार गरेको आरोप उनको छ।

त्यसपछि उनले जबरजस्ती करणी मुद्दा दायर गरेकोमा मुद्दा चलिरहेकै समयमा २०७७ भदौ ०५ गते छोरालाई जन्म दिएकी थिइन्। २०७८ माघ २४ मा जिल्ला अदालत धनुषाका न्यायाधीश परशुराम भट्टराईको इजलासले निहारिका बलात्कृत नभएको निष्कर्ष निकाल्दै आरोपीलाई सफाइ दिएको थियो।

उनले २०७८ फागुन १२ गते जनकपुर उच्च अदालतमा पुनरावेदन गरेकोमा मुद्दा विचाराधीन अवस्थामा रहेको छ।

प्रकाशित: Aug 12, 2022| 16:37 शुक्रबार, साउन २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।