आइतबार, जेठ ३, २०८३

सम्झिइए सुशील कोइराला

राजनीतिमा निष्ठा, इमानदार र सादगीको शक्ति कति हुन्छ भन्ने कुरालाई स्थापित गर्न स्व. कोइरालाको योगदान अविष्मरणीय रहेको छ।
 |  शुक्रबार, साउन २७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २७, २०७९

काठमाडौं– पूर्वप्रधानमन्त्री सुशील कोइरालाको ८३औं जन्मजयन्ती शुक्रबार विभिन्न कार्यक्रम गरी मनाइएको छ। २७ साउन १९९७  मा जन्मिएका नेपाली कांग्रेसका पूर्वसभापति एवं २०७२ को संविधान बनाउन नेतृत्वदायी भूमिका निर्वाह गरेका कोइरालाले जीवनपर्यन्त प्रजातान्त्रिक सिद्धान्त अनुकूलको आचरण गरे।

National life

राजनीतिमा निष्ठा, इमानदारी र सादगीको शक्ति कति हुन्छ भन्ने कुरालाई स्थापित गर्न उनको योगदान महत्त्वपूर्ण थियो। प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाबाट प्रभावित भएर राजनीतिमा लागेका उनले सधैं सत्यको वकालत गर्नुका साथै सादगी जीवनयापन गरे।

सोही कारण नेपाली जनताको २००७ देखिको चाहनाबमोजिम संविधानसभाबाट संविधान बनाउने अभिभारा स्व.नेता कोइरालाको कार्यकालमा पूरा भएको थियो। संविधान जारी गर्नुहुन्न भन्ने शक्ति केन्द्रको तीव्र दबाबका बाबजुद उनको अडानले ३ असोज २०७२ मा संविधानसभाबाट संविधान जारी भएको थियो। 

राजनीतिमा निष्ठा, आदर्श र सिद्धान्तको बलले नेता कोइरालाले सफलता पाएको सुशील कोइराला मेमोरियल फाउन्डेसनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। फाउन्डेसनका अध्यक्ष एवं कांग्रेसका पूर्वमहामन्त्री डा शशांक कोइराला र सदस्यसचिव अतुल कोइरालाले शनिबार जारी गरेको वक्तव्यमा आजको युगमा कोइरालाजस्ता इमानदार र नैतिकतामा अडिग नेतृत्व आवश्यक रहेको उल्लेख छ।

सरकारको नेतृत्वमा पुगेर पनि बेदाग फिर्ता हुन सक्नुले नेतृत्वगणलाई स्व.नेता कोइरालाबाट शिक्षा मिल्ने वक्तव्यमा उल्लेख छ। फाउन्डेसनको संरक्षकमा प्रधानमन्त्री शेरबहादुर देउवा छन्।

प्रकाशित: Aug 12, 2022| 15:50 शुक्रबार, साउन २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।