आइतबार, जेठ ३, २०८३

गाइजात्रे कार्यक्रमको केन्द्रमा शेरबहादुर देउवा

वरिष्ठ कलाकार किरण केसीले गाईजात्रे मन्त्रीमण्डलमा पर्यटनमन्त्री बनेको भन्दै होटल तथा पर्यटन व्यवसायसँग सम्बन्धित विभिन्न कुराहरुमाथि व्यंग्य गरेका थिए। राजनीतिको सम्बन्धमा व्यंग्यात्मक कविता पनि उनले सुनाएका थिए।
 |  शुक्रबार, साउन २७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २७, २०७९

काठमाडौं- गाईजात्राको अवसरमा हास्य कलाकारहरुले देशको विभिन्न क्षेत्रको समसामयिक अवस्थाको बारेमा व्यंग्य गरेका छन्। शुक्रवार काठमाडौंमा एक औपचारिक कार्यक्रमका बीच देशका चर्चित तथा स्थापित हास्य कलाकारहरुले विभिन्न क्षेत्रको समसामयिक अवस्थाको सम्बन्धमा चोटिलो व्यंग्य गरेका हुन्। विभिन्न पार्टीका शीर्ष नेताहरुका नक्कल (क्यारिकेचर) समेत गरेका थिए। 

National life

कलाकार जितु नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाको क्यारिकेचर गरेर दर्शकलाई हसाएका थिए। त्यसैगरी उनले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले) का नेता तथा काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख केशव स्थापितको क्यारिकेचर गरे। देश भद्रगोल अवस्थामा पुगिसकेको भन्दै अब नक्कल र व्यंग्य नभई सिधा खबरदारी गर्नुपर्ने बेला भइसकेको बताए। 

वरिष्ठ कलाकार किरण केसीले गाईजात्रे मन्त्रीमण्डलमा पर्यटनमन्त्री बनेको भन्दै होटल तथा पर्यटन व्यवसायसँग सम्बन्धित विभिन्न कुराहरुमाथि व्यंग्य गरेका थिए। राजनीतिको सम्बन्धमा व्यंग्यात्मक कविता पनि उनले सुनाएका थिए। 

कलाकार शैलेन्द्र सिंखडाले मानिसको स्वभावको सम्बन्धमा व्यंग्यात्मक कविता प्रस्तुत गरे। कलाकार दमन रुपाखेतीले नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको क्यारिकेचर गरे। आगामी प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारीको सम्बन्धमा उनको विषयवस्तु थियो।

कलाकार शिवशंकर रिजालले गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनलाई विषयवस्तु बनाएर व्यंग्य प्रस्तुत गरे। कलाकार श्रीकृष्ण सिंखडाले प्रधानमन्त्री शेरबहादुर देउवाको क्यारिकेचर गरेका थिए। 


प्रकाशित: Aug 12, 2022| 15:34 शुक्रबार, साउन २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।