शनिबार, साउन १६, २०८३

बाँकेको नरैनापुर पालिका सुक्खा क्षेत्र घोषणा

पानी अभावमा खडेरी भएको बताउँदै गाउँपालिकाको कार्यपालिका बैठकले नरैनापुरलाई सुक्खा क्षेत्र घोषणा गरेको हो।
 |  शुक्रबार, साउन २७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २७, २०७९

नेपालगञ्ज– लामो समयदेखि पर्याप्त वर्षा नहुँदा पानी अभावमा धान रोपाइँ, अन्य खेतीबारी  हुन नसकेपछि नरैनापुर गाउँपालिकालाई सुक्खा क्षेत्र घोषणा गरिएको छ। पानी अभावमा खडेरी भएको बताउँदै गाउँपालिकाको कार्यपालिका बैठकले नरैनापुरलाई सुक्खा क्षेत्र घोषणा गरेको हो।

सिँचाइ व्यवस्था नहुँदा अधिकांश किसान बर्खाको भरमा खेती गर्न बाध्य भएको पालिका अध्यक्ष इस्तियाक अहमद साहले बताए। यस पटक लामो समयदेखि वर्षा नहुँदा धान रोपाइँ गर्न नसकिएपछि पालिकालाई सुक्खा क्षेत्र घोषणा गरिएको उनको भनाइ छ।

गर्मीसँगै उक्त क्षेत्रमा पानी नपरेपछि अधिकांश कृषियोग्य जमिन बाँझै रहेका छन्। पानीको स्रोत सुक्न थालेपछि नरैनापुरमा पानी अभाव भएको नरैनापुरका प्रमुख प्रशासकीय अधिकृत भरत बस्नेतले जानकारी दिए।

सयौं किसानले पालिकामा आएर गुनासो गरिरहेको भन्दै उनले यस पटक रोपाइँ हुनै नसकेकाले के खाने भन्ने चिन्ताले सताएको सुनाए। जिल्लाकै सबैभन्दा दुर्गम र पिछडिएको मानिने नरैनापुरका अधिकांश किसानले अकासे पानीको भरमा खेती गर्दै आएका छन्।

प्रकाशित: Aug 12, 2022| 15:07 शुक्रबार, साउन २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।