आइतबार, जेठ ३, २०८३

एनएमबी बैंकले आईएफसीबाट लियो ३ अर्ब १७ करोड ऋण

कर्जाले साना तथा मझौला कर्जा क्षेत्रमा भएको खाडल परिपूर्ति गर्न र उक्त क्षेत्रमा नयाँ उद्यमीलाई प्रोत्साहित गर्न सक्षम बनाउने विश्वास बैंकको छ।
 |  शुक्रबार, साउन २७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २७, २०७९

काठमाडौ– एनएमबी बैंकले अन्तराष्ट्रिय वित्त निगम (आईएफसी)बाट २ करोड ५० लाख डलर अर्थात् ३ अर्ब १७ करोड ८० लाख रुपैयाँ बराबरको कर्जा लगानी लिएको छ । 

National life

बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र आईएफसीको दक्षिण एशिया क्षेत्रिय निर्देशक हेक्टर गोमेज आंगबीच बिहीबार कर्जा लगानीसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो।

बैंकका अनुसार यो कर्जाले हालको असहज परिवेशमा उत्पादनमूलक क्षेत्रमा कर्जा लगानी बढाउन मद्दत पुग्नेछ। 

बैंकले योसहित आईएफसीबाट लगातार तीन पटकसम्म कर्जा लिइसकेको छ। यसरी लिइएको कर्जाबाट साना तथा मझौला कर्जाको क्षेत्रमा भएको खाडललाई परिपूर्ति गर्न र उक्त क्षेत्रमा नयाँ उद्यमीलाई प्रोत्साहित गर्न सक्षम बनाउने विश्वास बैंकको छ। 

एनएमबी बैंक यसअघि लन्डनबाट प्रकाशित हुने ‘द बैंकर’ पत्रिकाद्वारा एशियाकै सर्वोत्कृष्ट बैंकको उपाधि बैंक अफ द इयर एसिया २०२१ बाट सम्मानित भइसकेको छ। बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ द इयर नेपाल’ प्राप्त गरिसकेको छ।

नेपालमा साना तथा मझौला व्यवसायीको हितमा काम गरेको भन्दै बैंकले पटक–पटक उपाधि प्राप्त गरेको हो । 

बैंकले हाल देशभर २०१ शाखा, १३८ एटिएम र ११ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा दिँदै आएको छ।

प्रकाशित: Aug 12, 2022| 13:54 शुक्रबार, साउन २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।