आइतबार, जेठ ३, २०८३

मिटरब्याजी पीडितलाई बाबुराम भट्टराईको साथ

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले काठमाडौंमा धर्ना बसेका मिटरब्याजी पीडितहरूलाई साथ दिएका छन्। भट्टराईले शुक्रबार बिहान धर्ना बसिरहेकाहरूलाई भेटेर न्याय दिन सरकारसँग माग गरेका हुन्। ​
 |  शुक्रबार, साउन २७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २७, २०७९

काठमाडौं- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले काठमाडौंमा धर्ना बसेका मिटरब्याजी पीडितहरूलाई साथ दिएका छन्। भट्टराईले शुक्रबार बिहान धर्ना बसिरहेकाहरूलाई भेटेर न्याय दिन सरकारसँग माग गरेका हुन्। ​

National life

मिटरब्याजी साहुहरूले उठीवास लगाएको भन्दै नवलपरासी पश्चिमका ६२ पीडित माइतीघर मण्डलामा धर्नामा बसिरहेका छन्। नौ दिनदेखि उनीहरू आन्दोलनमा छन्।

न्याय माग्न धर्नामा बसेका ६२ जना गरिब किसानको पीडा नसुनेको भन्दै डा. भट्टराईले सरकारको सामाजिक सञ्जालमार्फत आलोचना गरेका छन्। 

‘मासिक ५–८% (वार्षिक ६०–९६%) ब्याज लिएर गरिब/किसानलाई उठीवास पार्ने मिटरब्याजी सुदखोर/ठगहरूलाई सरकारले कठोर दण्ड गर्नुपर्नेमा उल्टै नवलपरासी पश्चिमका ६२ पीडितहरू ९ दिनदेखि धर्नामा बस्दा सरकार कानमा तेल हालेर बस्नु निन्दनीय छ’, डा. भट्टराईले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘तुरुन्त छानबिन गरी अपराधीलाई कडा कारबाही होस्।’ 

प्रकाशित: Aug 12, 2022| 12:18 शुक्रबार, साउन २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।