सोमबार, चैत २, २०८२

बागमतीमा थपिँदै ६२८ स्वास्थ्यकर्मीको अस्थायी दरबन्दी

स्वीकृत दरबन्दीमा करारमार्फत जनशक्ति पूर्ति भएपछि प्रदेशको स्वास्थ्य सेवा थप प्रभावकारी हुनेछ।
 |  शुक्रबार, साउन २७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २७, २०७९

हेटौंडा– बागमती प्रदेशले प्रदेश स्वास्थ्य मन्त्रालयको मागअनुसार आर्थिक वर्ष २०७९/८० का लागि मेडिकल अधिकृत, नर्स, फार्मेसी अधिकृत, ल्याब, सवारी चालकलगायतको दरबन्दी स्वीकृत गरेको छ। बागमतीले ६२८ स्वास्थ्यकर्मीको अस्थायी दरबन्दी स्वीकृत गरिएको बताएको हो।

National life

मन्त्रिपरिषद्बाट स्वास्थ्य मन्त्रालयमा ६ जना, स्वास्थ्य निर्देशनालयमा १६ जना, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ३ जना, जनस्वास्थ्य प्रयोगशालामा १३ जना, स्वास्थ्य तालिम केन्द्रमा २ जना, आयुर्वेद औषधी उत्पादन केन्द्रमा १६ जनाको दरबन्दी स्वीकृत भएको छ।

यसैगरी प्रदेश अस्पतालमा स्तरोन्नति भएका ५ सहित १३ अस्पतालका लागि ४ सय ६९ जना, १३ वटा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका लागि ५४ र १३ वटा स्वास्थ्य कार्यालयका लागि ४९ जनाको अस्थायी दरबन्दी स्वीकृत भएको स्वास्थ्यमन्त्री निमा लामाले बताए।

स्वीकृत दरबन्दीमा करारमार्फत जनशक्ति पूर्ति भएपछि प्रदेशको स्वास्थ्य सेवा थप प्रभावकारी हुने उनको भनाइ छ। दरबन्दी स्वीकृत भएपछि स्वास्थ्य इकाइमा स्वास्थ्य समस्याको पहिचान, परीक्षण, रोकथाम र नियन्त्रणमा सहयोग पुग्ने उनको विश्वास छ।

चालू आर्थिक बर्षका लागि स्वीकृत दरबन्दीबाट प्रदेशमा स्वास्थ्य जनशक्ति अभाव केही हदसम्म कम हुने र गुणस्तरीय सेवामा मद्दत पुग्ने उनले बताए। स्वीकृत दरबन्दीअनुसार पदपूर्तिको काम अघि बढ्ने मन्त्रालयले जनाएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Aug 12, 2022| 12:04 शुक्रबार, साउन २७, २०७९
प्रतिक्रिया दिनुहोस्