आइतबार, जेठ ३, २०८३

झापामा बसको ठक्करबाट पैदलयात्री मृत्यु

झापाको मेचीनगरमा बसको ठक्करबाट एक जना पैदलयात्रीको ज्यान गएको छ।
 |  शुक्रबार, साउन २७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २७, २०७९

काठमाडौं- झापाको मेचीनगरमा बसको ठक्करबाट एक जना पैदलयात्रीको ज्यान गएको छ।

National life

वागमती प्र. ०३-००१ ख १६०२ नम्बरको बसले बिहीबार बिहान मेचीनगर नगरपालिका-६ स्थित सडकमा ठक्कर दिँदा सोही ठाउँका चेतनाथ फुँयालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

बाटो क्रस गर्ने क्रममा बसले ठक्कर दिँदा गम्भीर घाइते भएका फुयाँलको बीएण्डसी अस्पतालमा उपचारका क्रममा बिहीबार दिउँसो मृत्यु भएको हो।

बस र बसका चालक गौरिगन्ज गाउँपालिका-४ का २४ वर्षीय प्रकाश कार्कीलाई इलाका प्रहरी कार्यालय काकँडभिट्टाले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Aug 12, 2022| 08:26 शुक्रबार, साउन २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।