आइतबार, जेठ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • साउदीका लागि नेपाली राजदूत सुवेदीले बुझाए ओहोदाको प्रमाणपत्र

साउदीका लागि नेपाली राजदूत सुवेदीले बुझाए ओहोदाको प्रमाणपत्र

साउदी अरबका लागि नवनियुक्त नेपाली राजदूत नवराज सुवेदीले ओहोदाको प्रमाणपत्र बुझाएका छन्।
 |  शुक्रबार, साउन २७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २७, २०७९

काठमाडौं- साउदी अरबका लागि नवनियुक्त नेपाली राजदूत नवराज सुवेदीले ओहोदाको प्रमाणपत्र बुझाएका छन्। बिहीबार बेलुका साउदी विदेश मन्त्रालयका शिष्टाचार मामिलासम्बन्धी उप-मन्त्री खालिद फैसल अल-सेहलीलाई सुवेदीले ओहोदाको प्रमाणपत्र बुझाएका हुन्।

National life

साउदी प्रचलन अनुसार विदेश मन्त्री राजकुमार फैसल बिन फरहान अल साउदको तर्फबाट शिष्टाचार मामिलासम्बन्धी उप-मन्त्री खालिद फैसलले राजदूत सुवेदीको ओहोदाको प्रमाणपत्र बुझेको रियादस्थित नेपाली दूतावासले जनाएको छ।

सो अवसरमा राजदूत सुवेदी र उप-मन्त्री खालिद फैसलबीच नेपाल र साउदी अरबबीच रहिआएको सुमधुर सम्बन्धका विविध पक्षहरूका सम्बन्धमा कुराकानी भएको थियो।

नव नियुक्त राजदूत सुवेदी बुधबार बिहान हिमालय एयरलाइन्सको उडानबाट राजधानी रियाद पुगेर अपराह्न नेपाली दूतावास रियादमा कार्यभार सम्हालेका थिए।

दूतावासमा आयोजित कार्यक्रममा उनलाई कूटनीतिक तथा स्थानीय कर्मचारीहरूले स्वागत गरेका थिए। सो अवसरमा दूतावासको तर्फबाट नियोग उपप्रमुख दिलिप पौडेलले दूतावासको सेवा प्रवाहबारे जानकारी गराएका थिए।

प्रकाशित: Aug 12, 2022| 07:44 शुक्रबार, साउन २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।