आइतबार, जेठ ३, २०८३

कस्तो रहला आज देशभरको मौसम

शुक्रबार बिहान काठमाडौंसहित देशका पहाडी भेगमा मौसम आंशिकदेखि सामान्य बदली छ। तराईमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
 |  शुक्रबार, साउन २७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २७, २०७९

काठमाडौं- शुक्रबार बिहान काठमाडौंसहित देशका पहाडी भेगमा मौसम आंशिकदेखि सामान्य बदली छ। तराईमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

National life

मौसमविद् वरुण पौडेलका अनुसार तराईका कतिपय स्थानमा बिहानैदेखि घाम लागेको छ। पहाडी भेगमा भने बादल लागेको छ। अहिले देशका अधिकांश स्थानको मौसम सामान्य रहेको महाशाखाले जनाएको छ।

मौसम महाशाखाले बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो मौसम देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

बुलेटिनअनुसार देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ। देशको पहाडी भूभागको थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गरेको छ।

'देशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले उक्त भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम छ। साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन/यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ,' महाशाखाले जारी गरेको सूचनामा भनिएको छ।

प्रकाशित: Aug 12, 2022| 07:29 शुक्रबार, साउन २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।