आइतबार, जेठ ३, २०८३

रातारात उठाइयो काठमाडौंका केही स्थानको फोहोर

काठमाडौं महानगरपालिकाको मुख्य सहर क्षेत्रको फोहोर रातारात उठाइएको छ। सहर क्षेत्रमा पर्ने १२ वटा वडाको फोहोर गएराति उठाएर टेकुस्थित प्लान्टमा लगिएको छ।
 |  शुक्रबार, साउन २७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २७, २०७९

काठमाडौं- काठमाडौं महानगरपालिकाको मुख्य सहर क्षेत्रको फोहोर रातारात उठाइएको छ। सहर क्षेत्रमा पर्ने १२ वटा वडाको फोहोर गएराति उठाएर टेकुस्थित प्लान्टमा लगिएको छ। 

National life

विगत दुई सातादेखि उठ्न नसकेको फोहोर रातारात उठाइएको हो। गाइजात्राको दिन पनि फोहोर नउठ्दा समस्या हुनेभन्दै बिहीबार दिउँसो बसेको नगर कार्यपालिकाको बैठकमा विवाद भएको थियो।

त्यस लगत्तै महानगरको फोहोर ब्यवस्थापन समितिको आकस्मिक बैठक बसेर कोर एरियाको फोहोर उठाइएको महानगरले जनाएको छ। विशेषतः गाइजात्रा निकालिने क्षेत्रको फोहोर राति नै उठाएर टेकु लगिएको बताइएको छ। 

बिहीबारको बैठकमा केही वडाध्यक्षले मेयर बालेन्द्र शाहलाई बिहीबार राति फोहोर उठाउनपर्ने बताएका थिए। उनीहरूले फोहोर उठाउने विषय बाहेक अन्य एजेण्डामा छलफल नगर्ने अडान लिएका थिए।

वडाध्यक्षहरूको अडानपछि बैठकका अन्य एजेण्डामा छलफल नगरी फोहोर ब्यवस्थापन समितिको बैठक बसेको थियो। उक्त बैठकले मुख्य क्षेत्रका फोहोर बिहीबार राति नै उठाउने निर्णय गरेको थियो।

बन्चरेडाँडामा अवरोध र सडक मर्मतको काम भइरहेकाले फोहोर लैजान नसकिएको बताइएको छ।

प्रकाशित: Aug 12, 2022| 07:21 शुक्रबार, साउन २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।