बिहीबार, वैशाख ३१, २०८३

स्वास्थ्यका प्रमुख विशेषज्ञहरूलाई अतिरिक्त सचिव बनाउने सरकारको निर्णय

बाहौँ तहमा प्रमुख विशेषज्ञ रहेका डा दीपेन्द्ररमण सिंह, डा श्यामसुन्दर यादव, डा गुणराज लोहनी र डा संगीता मिश्र अब अतिरिक्त सचिव बनेका हुन्।
 |  बिहीबार, साउन २६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २६, २०७९

National life

काठमाडौं- सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका १२ औँ तहका प्रमुख विशेषज्ञहरुलाई अतिरिक्त स्वास्थ्य सचिव बनाएको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रमुख विशेषज्ञहरुलाई अतिरिक्त स्वास्थ्य सचिव बनाउने निर्णय गरेको हो।

बाहौँ तहमा प्रमुख विशेषज्ञ रहेका डा दीपेन्द्ररमण सिंह, डा श्यामसुन्दर यादव, डा गुणराज लोहनी र डा संगीता मिश्रा अब अतिरिक्त सचिव बनेका हुन्।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार प्रमुख विशेषज्ञलाई अतिरिक्त स्वास्थ्य सचिवको रुपमा तोकिएको हो। अतिरिक्त सचिव भएपनि काम प्रमुख विशेषज्ञको नै हुनेछ। 

प्रकाशित: Aug 11, 2022| 20:31 बिहीबार, साउन २६, २०७९
प्रतिक्रिया दिनुहोस्