बिहीबार, वैशाख ३१, २०८३

बिहीबार थपिए ८१५ कोरोना संक्रमित, पाँच जनाको मृत्यु

४ हजार ५३४ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।
 |  बिहीबार, साउन २६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २६, २०७९

National life

काठमाडौं– स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घन्टामा देशभर ८१५ जनामा कोरोना संक्रमण पुष्टि भएको विवरण सार्वजनिक गरेको छ। कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा पाँच जनाको मृत्यु भएको मन्त्रालयले बताएको छ।

४ हजार ५३४ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। २ हजार ४११ जनाको पिसिआर र २ हजार १२३ जनाको एन्टिजेन परीक्षणका क्रममा ८१५ जना संक्रमित फेला परेका हुन्। अहिले देशभर ५,८६९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित: Aug 11, 2022| 17:00 बिहीबार, साउन २६, २०७९
प्रतिक्रिया दिनुहोस्