शुक्रबार, कात्तिक २, २०८१
  • गृहपृष्ठ
  • समाज
  • आमासँगै किन रुखमा झुण्डाइए कलिला बालबालिका? घटनाको गुत्थी खोज्दै प्रहरी

Siddartha premir insuranceSiddartha premir insurance

आमासँगै किन रुखमा झुण्डाइए कलिला बालबालिका? घटनाको गुत्थी खोज्दै प्रहरी

पुष्करको गीतासँग सानैमा बिहे भएको थियो। १७ वर्षकै उमेरमा गीताले छोरी जन्माइन्। २० वर्षको उमेरमा छोरा जन्मिए। आर्थिक अवस्था सामान्य भए पनि परिवार हाँसीखुसी थियो। पुष्कर गाउँमै नरम स्वाभावका व्यक्तिको रूपमा चिनिन्छन्।
 |  बिहीबार, साउन २६, २०७९
nespernesper

यज्ञराज जोशी

यज्ञराज जोशी

बिहीबार, साउन २६, २०७९

काठमाडौं- 'जीवन भनेको केही त रहेनछ। स-साना कलिला नानीबाबुसहित मान्छे कसरी आत्महत्या गर्न सक्दा हुन्? मुटुको टुक्राको रूपमा परिभाषित गरिने सन्तानलाई हत्या गर्न वा डोरीमा झुण्डाउन सक्ने कति कठोर मन?' बझाङको बुंगल नगरपालिका-९ रारुमा छोराछोरीसहित २२ वर्षीया गीता पार्की मृत भेटिएपछि वडाध्यक्ष हरि सिंहको मनमा यस्ता थुप्रै प्रश्न खेल्न थालेका छन्।

triton college

केही दिनपहिले काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चार जनाको शव भेटिएको थियो। घरमूली दिनेश पाण्डे (३८) ले श्रीमती सुनिता (३४) सहित ११ वर्षीय छोरा आशिक र ८ वर्षीय छोरी आशिकाको हत्यापछि आत्महत्या गरेका थिए। दिनेशले सुसाइड नोट लेख्दै आफूले हत्या गरेको उल्लेख गरेका थिए।

फेरि सोही प्रकृतिको घटना बझाङमा घटेको हो। बुधबार बिहान करिब ६ बजेतिर रारुका स्थानीय पुष्कर पार्कीकी श्रीमती गीतासँगै उनका ५ वर्षीया छोरी भूमिका र ३ वर्षीय छोरा मोहित रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए।

पुष्करको गीतासँग सानैमा बिहे भएको थियो। १७ वर्षकै उमेरमा गीताले छोरी जन्माइन्। २० वर्षको उमेरमा छोरा जन्मिए। आर्थिक अवस्था सामान्य भए पनि परिवार हाँसीखुसी थियो। पुष्कर गाउँमै नरम स्वाभावका व्यक्तिको रूपमा चिनिन्छन्।

गाउँबाट भारतस्थित पिथौरागढ नजिकै पर्छ। पुष्करको पाखोबारी पनि थोरै छ। त्यसैले उनी खेतीपाती सकेर परिवारको खुसीका लागि भन्दै भारत जाने गर्थे। त्यहाँ ज्यालामजदुरी गरेर परिवार पाल्दै आएका थिए।

Metro Mart
vianet

सोहीअनुरुप यस पटक पनि एक महिना पहिले पुष्कर भारत पुगेका थिए। वर्षा सुरु भएसँगै काम पाउन छोड्यो। उनी एक महिना काम गरेर घर फर्किए। मंगलबार घर आइपुगेका पुष्करले बेलुकी परिवारसँगै खाना खाए। दु:ख सुखका कुरा गरे र थकाइ लागेको छ भन्दै सुते। तर बिहान उठ्दा परिवारका सदस्य उनीसँग थिएनन्। उनीहरूको शव आत्महत्या गरेको अवस्थामा बारीको एक रुखमा फेला पर्‍यो। 

पुष्कर घर पुगेकै राति श्रीमती र छोराछोरी मृत भेटिएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ। मंगलबार मात्रै भारतको पिथौरागढबाट घर आएका पुष्करले आफू निद्रामा भएकाले घटनाबारे केही थाहा नपाएको बयान दिएका छन्। प्रहरीसँगको बयानमा उनले आफू राति रक्सी पिएर सुतेको पनि बताएका छन्।

पुष्करको गीतासँग सानैमा बिहे भएको थियो। १७ वर्षकै उमेरमा गीताले छोरी जन्माइन्। २० वर्षको उमेरमा छोरा जन्मिए। आर्थिक अवस्था सामान्य भए पनि परिवार हाँसीखुसी थियो। पुष्कर गाउँमै नरम स्वाभावका व्यक्तिको रूपमा चिनिन्छन्।

प्रारम्भिक सोधपुछका क्रममा उनले आफू राति करिब १२ बजे घर पुगेको दाबी गर्दै थाकेकाले खाना खाएर निदाएको बयान दिएको जिल्ला प्रहरी कार्यालय बझाङका निमित्त प्रमुख प्रहरी निरीक्षक रमेश अवस्थीले बताए। जिल्ला सदरमुकाम चैनपुरबाट बुधबार बिहान अवस्थीकै कमाण्डमा प्रहरी टोली घटनास्थल हिँडेको थियो। अवस्थी नेतृत्वको टोली बुधबार साँझ ५ बजेपछि मात्र घटनास्थल पुग्यो।

जिल्लाबाट प्रहरी टोली घटनास्थल पुगेको भए पनि बुधबार माइती पक्ष ढिलो पुगेका कारण शव उठाउने काम भएन। प्रहरीले बिहीबार बिहान मात्रै शवको सनाखत गरेर पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाएको वडाध्यक्ष सिंहले बताए। वडाध्यक्ष सिंहले पुष्करलाई उद्धृत गर्दै प्रहरीसँग उनले आफू घटनाबारे अनभिज्ञ रहेको बताएको जानकारी दिए। 'उसले प्रहरीसँग आफूले बिहान परिवारका सदस्यलाई नदेखेपछि छिमेकीकोमा गएकी ठानेको बताएको रहेछ। पछि ६ बजेतिर घाँस काट्न गएका महिलाले देखेपछि मात्रै थाहा भएको बताएको छ,' सिंहले भने।

बुवाआमा बितिसकेका र गाउँमा पुष्करको घर एकान्त ठाउँमा रहेको वडाध्यक्ष सिंह बताउँछन्। 'मैले पनि आठ बजेमात्रै घटनाबारे थाहा पाएको हुँ। पछि प्रहरी टोलीसँगै घटनास्थल गएँ। माइती पक्ष नपुगेकाले हामीले रातभर शव कुरेर बस्यौं। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। पुष्करले अनभिज्ञता प्रस्तुत गरेका छन्। चाँडै घटनाको वास्तविकता आउनेमा हामी विश्वस्त छौं,' उनी भन्छन्।

पुष्करको घर नजिक अरू घर छैनन्। करिब १० मिनेट टाढा मृतक गीताका जेठाजुको घर छ। सँगै खाना खाएर एकै खाटमा सुतेका श्रीमती र छोराछोरी भोलिपल्ट रुखमा झुण्डिएको पुष्करले किन थाहा पाएनन् भन्ने विषय रहस्यमय रहेको उनले बताए।

उनीहरूलाई ऋण पनि खासै नरहेको पाइएको सिंहको भनाइ छ। '५०/६० हजार मात्रै ऋण रहेछ। त्यो त्यस्तो धेरै होइन। पुष्करले काम गरेर दुई/चार महिनामै तिर्न सक्ने ऋण हो। सामान्य दिनचर्या रहेको परिवारमा यस्तो घटना घट्नु रहस्यको विषय हो,' उनले भने। मकै बारीमा कुनै लछारपछार भएको नदेखिएको उनी बताउँछन्। 'घटनास्थलको अवस्था हेर्दा पनि कुनै लछारपछार देखिएको छैन। टर्च रुखको भेदमा छ। फेदमै महिलाका चप्पल छन्। महिला दाम्लोमा झुण्डिएको अवस्थामा छिन्। उनको हातबाट मोबाइल भुइँमा खसेको र उल्टो रहेको अवस्थामा देखिन्छ। छोरा र छोरीलाई सलको पासो लगाएको अवस्था थियो,' सिंहले भने। उनले प्रहरीले चाँडोभन्दा चाँडो घटनालाई निष्कर्षमा पुर्याउने विश्वासमा आफूहरू रहेको बताएका छन्।

नगर प्रमुख जयबहादुर धामीले पनि दुर्गम गाउँमा विपन्न परिवारमा घटेको घटना निकै डरलाग्दो रहेको बताए। उनले घटनाको चाँडोभन्दा चाँडो अनुसन्धान गर्न माग गरेका छन्।

प्रकाशित: Aug 11, 2022| 12:17 बिहीबार, साउन २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।