मंगलबार, असार १७, २०८२

५ बुँदे माग पूरा नभए अनशन बस्न बाध्य हुनेछु : डा गोविन्द केसी

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीले आफूहरुका ५ बुँदे माग पूरा नभए अनशन बस्ने चेतावनी दिएका छन्। बुधबार विज्ञप्ति जारी गर्दै डा केसीले आफूहरूका माग तत्काल पूरा गर्न ध्यानाकर्षण गराएका हुन्।
 |  बुधबार, साउन २५, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, साउन २५, २०७९

vianetvianet

काठमाडौं- चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीले आफूहरुका ५ बुँदे माग पूरा नभए अनशन बस्ने चेतावनी दिएका छन्। बुधबार विज्ञप्ति जारी गर्दै डा केसीले आफूहरूका माग तत्काल पूरा गर्न ध्यानाकर्षण गराएका हुन्।

यसअघि नै डा केसीले भदौ १२ देखि अनशन सुरु गर्ने बताएका थिए। 'अल्टिमेटमको झन्डै एक साता बित्न लाग्दा सरकारले माग पूरा गर्न कुनै कदम चालेको छैन,' डा केसीको विज्ञप्तिमा उल्लेख छ, 'हाम्रा मागहरु पूरा नगरेमा सत्याग्रहको कार्यक्रम सुरु गर्न बाध्य हुने पनि जानकारी गराउन चाहन्छौं।'

चिकित्सा शिक्षा ऐनमा संशोधन गरेर मापदण्ड नै नपुगेका नर्सिंग कलेजमा भर्ना खुलाउन प्रयास गरेको विषयमा डा केसीले विरोध जनाएका छन्। स्वास्थ्य सेवाजस्तो संवेदनशील क्षेत्रमा शिक्षा नदिई प्रमाणपत्रको मात्र किनबेच गराइरहेका माफियाहरुको व्यापारिक स्वार्थअनुसार त्यस्तो कदम अघि बढेको उनको आरोप छ। तर सरकारका त्यस्ता कदम आफूहरूलाई स्वीकार्य नभएको उनको भनाइ छ।

माफियाको स्वार्थमा चलिरहेकव नीतिगत भ्रष्टाचारको प्रयास तुरुन्त रोक्न शिक्षामन्त्री देवेन्द्र पौडेल र प्रधानमन्त्री शेर बहादुर देउवालगायत प्रतिपक्षी दलको समेत उनले ध्यानाकर्षण गराएका छन्।

स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी छाता ऐन जारी गर्नुपर्ने, सार्वजनिक पदमा बस्नेहरुके स्वार्थको द्धन्द्ध रोक्न तत्काल कानूनी व्यवस्था गनुपर्ने, प्रतिष्ठान र विश्वविद्यालयका पदाधिकारी नियुक्तिको मापदण्डसहित ऐनको व्यवस्था गर्नुपर्ने डा केसीको माग छ।

चिकित्सा शिक्षा ऐन बमोजिम २०८५ साल भित्र नेपालका मेडिकल शिक्षण संस्थाहरुलाई गैर नाफामूलक बनाउने व्यवस्थाको कार्यान्वयन गर्न र विद्युतबाट सञ्चालन हुने गाडीहरुको विस्तृत प्रयोग र विस्तारका लागि प्राथमिकताका साथ कानूनी व्यवस्था गर्न पनि डा केसीको माग छ। 

प्रकाशित: Aug 10, 2022| 22:14 बुधबार, साउन २५, २०७९
प्रतिक्रिया दिनुहोस्