शुक्रबार, कात्तिक २, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

कैलालीमा आरजुलाई आउँदो चुनाव कति सहज?

२०७४ को निर्वाचनमा राणालाई हराउन भूमिका खेलेको भन्दै कैलाली कांग्रेसका पुराना नेता पुष्करनाथ ओझालाई कांग्रेसले अनुशासनको डन्डा बर्साएपछि बूढानीलकण्ठसँग बदला लिने असन्तुष्टहरूको संख्या पनि ठूलै छ।
 |  शुक्रबार, साउन २७, २०७९
nespernesper

यज्ञराज जोशी

यज्ञराज जोशी

शुक्रबार, साउन २७, २०७९

काठमाडौं– नेपाली राजनीतिमा सधैं चर्चामा रहने नेतृ हुन्, डा. आरजु राणा देउवा। कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी प्रधानमन्त्री शेरबहादुर देउवापत्नी राणाले यस पटक कताबाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी देलिन् भन्ने विषयमा आमचासो रहेको छ। राणाको नाम डडेलधुरा, कैलाली क्षेत्र नम्बर ५ र बर्दिया २ बाट चर्चामा छ। तर राणा कैलाली क्षेत्र नम्बर ५ बाटै चुनाव लड्ने पक्का रहेको कांग्रेस स्रोतले जनाएका छन्।

triton college

कांग्रेस केन्द्रीय सदस्य नृप वड कैलाली ५ बाट देउवाको विकल्प अरू नभएको बताउँछन्। ‘कैलाली ५ बाट उहाँ (आरजु)  नै चुनाव लड्नुहुन्छ। अन्य ठाउँमा हल्ला मात्रै फैलाइएको हो। त्यस क्षेत्रमा उहाँले थुप्रै काम गर्नुभएको छ। यस पटक उहाँको जित निश्चित छ,’ वडले भने।

२०७४ को निर्वाचनमा राणा कैलाली ५ बाट प्रतिनिधिसभा निर्वाचनमा उठेकी थिइन्। उक्त चुनावमा राणा एमालेका नारदमुनि रानासँग पराजित भएकी थिइन्। कैलाली ५ मा रानाले विकासका लागि कुनै काम नगरेको आरोप लगाउँदै वड समग्र सुदूरपश्चिमको विकासका लागि राणाको जित आवश्यक रहेको दाबी गर्छन्।

‘उहाँ विकासप्रेमी नेता हो। त्यसैले कैलाली ५ का जनताले विकास र समृद्धिका लागि राणालाई जिताउनेछन्। उहाँ प्रधानमन्त्री एवं पार्टी सभापति देउवा पत्नी हुनुका साथै राष्ट्रिय/अन्तर्राष्ट्रिय क्षेत्रमा समेत राम्रो सम्बन्ध छ। उहाँले सुदूरपश्चिममा विकास ल्याउन सक्नुहुन्छ,’ उनले भने।

२०७४ को निर्वाचनमा राणालाई ‘टुरिस्ट’ उम्मेदवार भएको आरोप लगाइएको थियो। त्यसपछि राणाले धनगढीमा घरसमेत खरिद गरेकी छन्। त्यसैले उनी धनगढीकी बासिन्दा हुन्। उनले प्रतिनिधिसभामा पराजित भएपछि पनि सुदूरपश्चिमको विकास र समृद्धिका लागि गेटा मेडिकल कलेज, फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम, धनगढी विमानस्थलको स्तरोन्नतिका लागि बजेट विनियोजन गर्न पहल गरेको स्थानीयको बुझाइ छ।

Metro Mart
vianet

पछिल्लो समय सुदूरपश्चिम केन्द्रित भएर काम गरिरहेकाले पनि राणालाई जनताले रुचाएको चर्चा स्थानीय स्तरमा हुने गरेको छ।

२०७४ को निर्वाचनमा राणालाई हराउन भूमिका खेलेको भन्दै कैलाली कांग्रेसका पुराना नेता पुष्करनाथ ओझालाई कांग्रेसले अनुशासनको डन्डा बर्साएपछि बूढानीलकण्ठसँग बदला लिने असन्तुष्टहरूको संख्या पनि ठूलै छ।

तर धनगढीमा उनलाई यत्तिले मात्र जित्न सहज हुने छैन। धनगढीमा पुख्र्यौली घर डोटी भएकाहरूको बाहुल्य छ। डोटी पुख्र्यौली घर भएका कैलाली कांग्रेसका पुराना नेता पुष्करनाथ ओझा राणासँग रुष्ट छन्। २०७४ को निर्वाचनमा राणालाई हराउन भूमिका खेलेको भन्दै उनीमाथि पाँच वर्ष पार्टी सदस्यतासमेत नरहने गरी कांग्रेसले अनुशासनको कारबाही गरेको थियो। त्यसपछि उनी बूढानीलकण्ठसँग झनै रुष्ट छन्। धनगढीमा राणालाई स्वीकार्ने पक्षमा नरहेको अडानमा उनी छन्।

त्यति मात्र नभएर ओझाले स्वतन्त्र रूपमा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने तयारी गरिरहेको चर्चा हुन थालेको छ। यस्तो अवस्थामा ओझालाई नमिलाए राणालाई चुनाव जित्न यस पटक पनि असहज हुने देखिन्छ।

राजनीतिशास्त्रका प्राध्यापक सुरेन्द्र चन्द धनगढीलाई जनताको भावना बुझ्ने विकासप्रेमी नेता चाहिएको बताउँछन्। त्यसका लागि राणा उपयुक्त पात्र भए पनि समीकरण मिलाउन नसके चुनाव जित्न फेरि पनि गाह्रो हुने बताउँछन्।

‘अहिले मतदाता पहिलेका जस्ता छैनन्। पार्टीले मतदातालाई आफ्नो पकेटमा राख्न सकेको छैन। राजनीतिमा राम्रो मान्छेभन्दा पनि हाम्रो मान्छेलाई सहयोग हुने भावनाको विकास हुँदै गएको छ। यस्तो अवस्थामा उहाँले जात, जिल्ला, धर्मलगायत विभिन्न क्षेत्रका मानिसलाई मिलाएर सबैको साथ खोजेर जानुपर्ने देखिन्छ,’ चन्दले भने। 

चुनाव जित्न पुष्करनाथ ओझाको साथ पनि आवश्यक रहेको चन्दले सुनाए।

कांग्रेस क्षेत्र नम्बर ५ का सभापति भीम पडाल कोरोना महामारीलगायत महत्त्वपूर्ण विकास निर्माणका काममा राणाले साथ दिँदै आएकाले चुनाव जित्ने निश्चितजस्तै रहेको बताउँछन्। ‘उहाँले कोरोना महामारीको समय प्रत्येक वडामा पुगेर विपन्न नागरिकलाई सहयोग गर्नुभएको छ। फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानका लागि बजेट विनियोजन गर्न होस् वा गेटा मेडिकल कलेजका लागि। उहाँले नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको छ,’ उनले भने।

राणाले धनगढीको वडा नम्बर ७ बेलीमा कोरोना महामारीको समय अक्सिजन प्लान्ट स्थापना गरेको पडालले बताए। अघिल्लो पटकको चुनावमा राणालाई विभिन्न आरोप लगाइए पनि यस पटक जनताका माझमै  काम गरेकाले जनप्रिय नेताको रूपमा स्थापित गरेको पडालको तर्क छ। 

‘उहाँसामु चुनौती भने छन्। यो जनताको विश्वास अभिमत गराउने कुरा पनि हो। कैलाली ५ मा विभिन्न भेग र समुदायका मानिसको बसोबास छ। उहाँले सबै कुरालाई मिलाउनुभएको छ,’ पडालले भने। राना समुदायबाट जिल्ला नेतृत्व हुँदै पार्टीको केन्द्रीय नेतृत्वमै समेट्न भूमिका खेलेको पडाको दाबी छ। अन्य समुदायका मानिसलाई पनि पार्टीको जिल्ला, क्षेत्र, केन्द्र र महाधिवेशन प्रतिनिधिका रूपमासम्म व्यवस्थापन र जिम्मेवारी दिएको उनले बताए।

‘हाम्रो निर्वाचन क्षेत्रमा २१ वडा छन्। त्यसमा १३ वडा कांग्रेसले जितेको छ। यसले हाम्रो जनाधार बलियो रहेको पुष्टि गर्छ। संगठन निर्माणमा पनि पार्टीका सबै निकायलाई सक्रिय पारेका छौं,’ उनले भने। त्यसैले नेतृ राणाले चुनाव जित्नेमा  विश्वस्त रहेको उनको दाबी छ।

प्रकाशित: Aug 12, 2022| 13:17 शुक्रबार, साउन २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...